×

NEPAL TIMES UPDATES

Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026

चौतारी र सेन्टरबीच एकता प्रक्रिया शुरु

२७ जेष्ठ २०७५

काठमाडौँ, जेठ २७

प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकताको प्रक्रिया शुरु भएको छ ।

Advertisement
Advertisement

एकताका लागि गठित कार्यदलको बैठकबसी पार्टीको निर्देशन अनुसार एकताको शुरुवात गरिएको प्रेस चौतारीका महासचिव राजेश राईले आज जानकारी दिए ।

बैठकले एकीकृत संगठनको अन्तरिम विधान मस्यौदा तयार गर्न चौतारीका महासचिव राई र सेन्टरका महासचिव विष्णु सापकोटा दुई जनाको समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिले चाँडै नै कार्यदललाई आफ्नो प्रतिवेदन बुझाउने छ । यसैगरी, एकता प्रक्रिया टुंग्याउनका लागि आवश्यक सुझाव लिनका लागि दुबै संगठनको केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

जेठ ३१ गते प्रेस चौतारी र असार १ गते प्रेस सेन्टरको बैठक बोलाइएको प्रेस चौतारीमा महासचिव राईले जानकारी दिए ।

बैठकमा प्रेस चौतारी इन्चार्ज तथा तत्कालीन नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रेस सेन्टरका इन्चार्ज तथा तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल, एमाले प्रचार विभागका सचिव विष्णु रिजाल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र प्रेस सेन्टरका अध्यक्ष महेश्वर पाठकको सहभागिता रहेको थियो ।

नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तीन महिनाभित्र सबै भातृ संगठनको एकताप्रक्रिया टुंग्याउने निर्देशन दिएको छ ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top