×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

बेपत्ता आउने आशमा आफन्त

१६ फाल्गुन २०७७

१६ फागुन, जाजरकोट ।
अभिभावकको माया, स्नेहमा बस्न कसलाई पो मन हुँदैन र ?

आफन्तले दिने सल्लाह अनि दिशानिर्देशबाट भावी कार्यसम्पादन गर्ने रहर नभएको को होला ?

Advertisement
Advertisement

जनयुद्धकालमा बेपत्ता बनाइएका शिक्षक अहिले २० वर्षसम्म कहाँ छन् भन्ने परिवारलाई जानकारी छैन । दैनिक बुवाको सम्झनामा भेरी नगरपालिका–२ की शारदा शर्मालाई झस्काउने गर्दछ ।

शिक्षण पेशामा रहेका शिवप्रसाद शर्मालाई तत्कालीन राज्य पक्षबाट विसं २०५७ फागुन १३ गते नेपालगञ्जबाट बेपत्ता बनाइएको थियो ।

बेपत्ता बनाएको २० वर्ष बिते पनि अहिलेसम्म सास र लास कुनै कुरा राज्य पक्षबाट जानकारी गराइएको छैन । बेपत्ता शिवका दुई छोरी र श्रीमती अहिले पनि उनको मूलबाटो हेरेर पर्खिरहेका छन् ।

राति घरको ढोकामा आवाज आउँदा होस् वा अन्य कारणले आवाज आए पनि बुवा नै आएका हुन् भनेर मन फुरुङ्ग हुने गरेको बेपत्ता शिवकी जेठी छोरी शारदाले बताइन् ।

उनले भनिन्, “मैले मेरो बुवालाई बेपत्ता बनाएको दिनदेखि कहिल्यै देख्न पाइनँ, बुवालाई किन र केका लागि बेपत्ता पारियो पत्ता लागेको छैन ।”

राज्यले रु १० लाख राहत त दियो तर बुवाको अवस्थाका बारेमा अहिलेसम्म कुनै खास प्रतिक्रिया दिइएको छैन । पैसाले बुवाको माया नपाइने भन्दै शारदाले बुवाको अवस्था तत्काल सार्वजानिक गर्नसमेत माग गरे ।

जुनिचाँदे–४ का दलबहादुर रोकाको पनि शारदाको भन्दा कम पीडा छैन । उनी भन्छन्, “सरकारले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई राहत दिने भनेको छ तर पनि अहिलेसम्म हामीले केही पाएको अवस्था छैन ।”

छेडागाड नगरपालिका–१३ का मानबहादुर बुढाले आँखाभरि आँशु पार्दै भने, “बुवा गुमाउनुको पीडालाई कहिल्यै भुल्न सक्दिनँ, अहिलेसम्म बुवाको अवस्था के छ भन्ने कुरा जानकारीसम्म नहुँदा हामी मानसिकरूपमा समस्यमा परेका छौँ ।”

जाजरकोटबाट मात्र १२ जना बेपत्ता भएको सूची छ । उनीहरुको अवस्थाबारेमा परिवारले जति पटक दबाब दिए पनि अवस्था सार्वजनिक नहुँदा परिवार पीडामा छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले सन् २०१२ मा निकालेको तथ्याङ्कअनुसार जाजरकोटमा नौ जनाको नाम बेपत्ताको सूचीमा छ भने मृत्यु भइसकेको जानकारी भएका तर, मानव अवशेष पत्ता नलागेका तीन जनाको नाम सूचीकृत गरिएको छ ।

आइसिआरसीको सूचीमा जाजरकोटका झुपबहादुर शाहीलाई २१ मङ्सिर २०६० मा, सुर्खेत वीरेन्द्रनगरबाट राज्य पक्षबाट पूर्णबहादुर सिंहलाई २८ वैशाख २०६२ मा, जाजरकोटको खलङ्गाबाट राज्य पक्षबाट मानबहादुर सिंहलाई २५ असार २०५७ मा, जाजरकोटको रामीडाँडाबाट राज्य पक्षबाट मोतीराम मल्ललाई १२ माघ २०५८ मा, जाजरकोटको थालारैकरबाट राज्य पक्षबाटै रामप्रसाद खनाललाई १२ मङ्सिर २०५८ मा, जाजरकोटको खलङ्गाबाट विद्रोही पक्षबाट वीरेन्द्र शर्मालाई १० मङ्सिर २०६१ मा, राज्य पक्षबाट जाजरकोटको सुवानाउलीबाट शिवप्रसाद शर्मालाई १३ फागुन २०५७ मा र बाँकेको नेपालगञ्जबाट राज्य पक्षबाट शिवबहादुर सिंहलाई १७ मङ्सिर २०६० मा बेपत्ता बनाइएका छन् ।

Advertisement

त्यसैगरी आइसिआरसीले मृत्यु भइसकेको जानकारी भएका तर मानव अवशेष पत्ता नलागेकाको सूचीमा जाजरकोटका खम्बे कामीलाई २१ चैत २०५४ मा खलङ्गाबाट राज्य पक्षले पक्राउ गरेको, गुमानसिंह रानालाई १ चैत २०५५ मा सुर्खेतको राकम बादापिपलबाट राज्य पक्षले पक्राउ गरेको, भूमिलाल बस्नेतलाई १५ कात्तिक २०५५ मा जाजरकोटको खलङ्गाबाट राज्य पक्षले पक्राउ गरेको र विष्णु वटालालाई १५ पुस २०५५ मा जाजरकोको खलङ्गाबाट राज्य पक्षले पक्राउ गरेर बेपत्ता बनाएको उल्लेख गरेको छ । (रासस)

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top