भारतमा आजदेखि ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना खोप दिइँदै

१६ फागुन ७७, सोमबार

१७ फागुन, काठमाडौँ । भारतमा आजदेखि ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप दिइँदै छ ।

Advertisement

आजदेखि देशभर सुरु हुने दोस्रो चरणको अभियानमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई खोप लगाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पहिलो चरणको खोप अभियानमा सरकारी केन्द्रमा मात्रै खोप दिने गरिएकामा अब दोस्रो चरणदेखि निजी अस्पतालमा पनि खोप लगाउन पाइने खबरमा उल्लेख छ । तर, निजी अस्पतलामा लगाइएको कोरोनाविरुद्धको खोपका लागि भने नागरिक आफैँले शुल्क तिर्नु पर्नेछ ।

Advertisement

यसका लागि एक डोजका लागि नागरिकले २५० भारतीय रुपैयाँ तिर्नु पर्नेछ । भारतका १० हजार सरकारी अस्पतालमा भने कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन पाइनेछ ।

आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानमा ६० वर्षमाथिका झण्डै १० करोड नागरिकलाई खोप दिने तयारी छ । भारतले आउँदो जुलाई महिनासम्ममा ३० करोड नागरिकलाई खोप दिने लक्ष्य राखेको छ ।

Advertisement

भारतमा गएको जनवरी १६ तारिखमा पहिलो चरणको खोप अभियान सुरु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top