×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दुर्गमका कर्मचारीका दुःखः ‘बाटैमा मरिन्छ कि भन्दै सेवा गर्नुपर्छ’

१८ फाल्गुन २०७७

१८ फागुन, जाजरकोट ।
फागुन महिना शुरु हुँदै गर्दा सबैलाई तातो मौसमको शुरुआत भएको अनुभूति हुने गर्छ ।

निम्न तथा गरिब परिवारका स्थानीयवासीको घरमा एकखालको खुशी नै आउने गर्दछ । चिसो मौसम सबैका लागि उस्तै खालको भए पनि हुनेखाने र आर्थिकरूपमा पछि परेकाहरूको जीवनशैलीमा भने फरक पर्दै आएको छ ।

Advertisement
Advertisement

कर्णाली प्रदेशका हिमाली जिल्लामा बस्ने स्थानीयवासीलाई भने चिसो र गर्मी मौसम दुवै खास थाहा नहुने गरेको छ ।

छ महिनाभन्दा बढी समय हिमपातका कारण एक गाउँबाट अर्को गाउँमा जानसमेत प्राकृतिक नाकाबन्दी हुने ठाउँमा चिसो र तातो मौसम कस्तो हुन्छ भन्ने अनुभूति गर्न खासै नपाउने गरेको शे–फोक्सुण्डो गाउँपालिका डोल्पाका प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले बताए ।

चिसो मौसममा ज्यान जोगाउन सदरमुकाम दुनैलगायतका ठाउँमा आफ्नो थातथलो छाडेर अधिकांश मानिस आउने गर्छन् । जब तातो मौसम शुरु हुन्छ (हिउँ पग्लिन्छ), अनि सर्वसाधारण आफ्नो थातथलोमा फर्किने गरेको अधिकृत न्यौपानेको भनाइ छ ।

केही स्थानीयवासी सोही हिमपात र प्राकृतिक नाकाबन्दीको बीचमै थातथलो नछाड्ने भएकाले सरकारी सेवा पुर्याउनका लागि भए पनि दुई दिन पैदल र दुई दिन हिँडेर कार्यक्षेत्रमा जानुपर्ने बाध्यता रहेको न्यौपानेले पीडा सुनाए ।

“जनताको काम हो, जान्न भन्न कहाँ पाइयो र ?”, उनले भने । उपल्लो डोल्पाका अधिकांश सरकारीले कार्यालयका कर्मचारी उपल्लो डोल्पामा विकास निर्माणका काम गर्न निकै मुस्किल भएको बताउँदै आएका छन् ।

जानु मात्र ठूलो कुरा नभएको बताउँदै उनीहरू खाना, आवासको व्यवस्थापन अर्को चुनौती भएको पीडा सुनाउँछन् । कर्णालीका हुम्ला र मुगुमा समेत यही समस्या हुँदै आएको छ ।

बिरामी हुँदा उपचार गर्ने स्वास्थ्य संस्थासमेत नहुँदा ज्यान अचानोमा राखेर सेवा प्रवाह गरिरहेको जस्तो अनुभूति हुने कर्मचारी बताउँछन् ।

अक्सिजन अभावका साथै आवश्यक बन्दोबस्तीका सामग्री लैजानसमेत मुस्किल हुँदा सेवा प्रवाह निकै खर्चिलो हुँदै आएको छ । छिमेकी मुलुक चीनसँग सीमा जोडिएको र भाषासमेत नबुझ्दा काम गर्न मुस्किल हुने कर्मचारी बताउँछन् ।

सदरमुकाम दुनैमा रु एक हजार ९०० मा पाइने एक बोरा ९२५ केजी० चामल उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका प्रशासकीय केन्द्र सालदाङमा रु पाँच हजार मूल्य पर्दछ ।

गाउँपालिकाको केन्द्रमा बत्ती नहुँदा काम गर्न मुस्किल हुँदै आएको कर्मचारी बताउँछन् । फोन, इन्टरनेट त धेरै ठूलो कुरा भएको अधिकृत न्यौपानेले बताए। मौसम छिनछिनमै परिवर्तन हुँदा कतिखेर के हुन्छ थाहा नहुने उनले जानकारी दिए ।

एक वडाबाट अर्को वडामा जानका लागि मात्र दुई दिन बढी लाग्ने भएकाले सेवा दिनसमेत मुस्किल मात्र होइन, कहाँ के भइरहेको छ भन्ने सूचनासमेत सजिलै दिन र लिन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

सदरमुकाम दुनैबाट उपल्लो डोल्पा जाँदा घरका आफन्तसँग फोनमा ‘म प्रशासकीय केन्द्रतर्फ जाँदैछु’ भनेर खबर गर्दैगर्दा मनमनै अबको चार दिनसम्म के हुने हो भन्ने चिन्ताले मुटु ढुकढुक हुने गरेको पीडा न्यौपाने सुनाउँछन् ।

बाटोमा फोनले काम नगर्ने भएकाले बीचबाटोमै बिरामी भएमा उपचार नै नपाएर धेरैको अकालमै ज्यान गएको तीतो यथार्थ सम्झँदै उनले पीडा सुनाए।

बाटोमा बस्ने बासदेखि उपचार गर्ने स्वास्थ्य संस्था नहुँदा भगवान् भरोसामा यात्रा गर्नुपर्ने पर्ने पीडा यहाँका कर्मचारीदेखि सर्वसाधारणसम्मलाई हुँदै आएको छ । शे–फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र पुगेपछि मात्र टेलिफोनको पहुँचमा पुग्ने अवस्था रहन्छ ।

न्यौपानेले भने, “त्यो पनि एकपटक १५ जनाभन्दा बढीले फोन गर्न नमिल्ने अवस्था छ । एक दिनमा खाना खाएको मात्र रु ९०० खर्च हुन्छ, नास्ता खाँदा त झन् धेरै हिसाब आउने गरेको छ ।”

कात्तिकदेखि हिमपात शुरु हुन्छ भने फागुनको अन्तिममा हिमपात बन्द हुन्छ । विकास निर्माणको काम गर्दा सिमेन्ट, बालुवा ढुङ्गासमेत चौँरीमा बोकाएर लिँदा भारी खर्च हुने गरेको छ ।

सामानको मूल्यभन्दा ढुवानी भाडा बढी खर्च हुँदा हैरान हुने गरेको छ । भौतिक पूर्वाधारको काम गर्नका लागि आवश्यक पर्ने काठ निकुञ्जको अनुमति भएपछि मात्र पाइन्छ ।

त्यस्तै कम पीडा छैन डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पङ्ज्ञानीलाई पनि । सुविधासम्पन्न ठाउँमा बसेको आफूलाई दुर्गमको पनि अनुभव र सेवा लिनका लागि आफैँ रोजेर डोल्पा आएको बताउने पङ्ज्ञानी विकासमा राज्यको स्रोतसाधन समानुपातिकरूपमा वितरण नहुँदा पिछडिएका जिल्ला विकासको मूल प्रवाहमा आउन समय लागेको बताउँछन् ।

फोन गर्नसमेत निश्चित ठाउँ तथा अग्ला डाँडामा जानुपर्ने त्यो पनि पालो पर्खनुपर्ने पीडाको बीचबाट उपल्लो डोल्पाका सर्वसाधारणले हैरानी खेपेको यथार्थ उनले बताए ।

सर्वसाधारण बिरामी हुँदा हेलिकोप्टरमा उद्धारबाहेक अन्य उपाय नभएको गौतमको भनाइ छ । हुनेखाने मानिस हेलिकोप्टरमार्फत उद्धार गरी उपचार गर्छन् तर गरिबहरू भने मृत्यु कुरेर बस्नुपर्ने बाध्यता छ ।

डोल्पोबुद्ध गाउँपालिकाका स्थानीयवासी शुद्ध पानी पिउनसमेत समय हेरेर पानी जम्मा गर्नुपर्ने पीडामा छन् । “ताक्सी, धोलगायतका ठाउँमा धमिलो पानी सफा हुन समय लाग्ने भएकाले समय हेरेर पानी जम्मा गर्नुपर्ने हुन्छ”, पङ्ज्ञानीले स्थानीयवासीको खास समस्या बताए ।

उनले भने, “विकास गर्न मुस्किल छ, राज्यको स्रोत परिचालन समानुपातिक मात्र होइन, भूगोलअनुसार हुनुपर्छ, कर्मचारीलाई दिने भत्तासमेत सदरमुकाम दुनै र उपल्लो डोल्पामा एउटै भएर कहाँ हुन्छ ? विकासका लागि बजेट पुग्दैन, जनता बजेट थप माग्न आउँछन्, स्थानीय तहमा स्रोत छैन, कसरी दिनु ?” उनले भने ।

Advertisement

साना–साना गाउँ, छरिएर रहेका बस्तीका कारण विकास गर्न मुस्किल भएको जनप्रतिनिधि बताउँछन् । (रासस)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top