अमेरिकामा कोरोना महामारीको चौथो चरण थप जोखिमपूर्ण हुने

१७ फागुन ७७, मंगलबार

१८ फागुन, एजेन्सी ।
अमेरिकामा कोरोना भाइरस महामारीको चौथो चरण थप जोखिमपूर्ण हुने उच्च स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन्।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) की प्रमुख डा. रशेल वालेन्स्कीले अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट जोखिमपूर्ण हुने देखिएको बताइन्।

पछिल्लो तथ्यांकले महामारीको सम्भावित चौथो चरणमा नयाँ भेरियन्ट थप चुनौतिपूर्ण बनेर आउने देखिएको उनले बताइन्।

गएको हप्ता दैनिक औषतमा ७० हाजर मानिसमा संक्रमण देखिएको र त्यो अति उच्च रहेको डा. वालेन्स्कीको भनाई छ। गत हप्ता औषतमा दैनिक दुई हजार अमेरिकीको कोरोनाका कारण ज्यान गएको थियो।

सिडिसीकी निर्देशक डा. वालेन्स्कीले सोमबार भनेकी छन्, ‘संक्रमण यस्तो भइरहेको र तीव्र गतिमा फैलिने नयाँ भेरियन्ट फैलिरहेको अवस्थामा हामीले महामारी नियन्त्रणका लागि बनाएको आधार पनि डगमगाउने खतरा छ।

यी भेरियन्टहरु सर्वसाधारण र हाम्रो प्रयासका लागि वास्तविक चुनौति हुन्।’ अहिले कोरोना भाइरसका विभिन्न भेरियन्टहरु सक्रिय रहेका छन्। तर स्वास्थ्य विज्ञ भने केही भेरियन्टलाई लिएर मात्रै चासो व्यक्त गरिरहेका छन्।

बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखिएका कोरोना भाइरसका नयाँ भेरियन्टहरु बढि संक्रामक र जोखिमपूर्ण देखिएका छन्।

बेलायतमा पहिलोपटक देखिएको कोरोना भाइरसको अति संक्रामक भेरियन्ट बी.१.१.७ ले यो महिना (अप्रिल) अमेरिकामा दबदबा कायम गर्ने पूर्वानुमान सिडिसीले गरेको छ।

कोरोना महामारीका कारण विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा अहिलेसम्म पाँच लाख १४ हजार तीन सय भन्दा धेरैको ज्यान गएको छ। अमेरिकीमा कुल संत्रमितको संख्या दुई करोड ८६ लाख ५९ हजार सात सय भन्दा धेरै पुगेको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top