ताप्लेजुङको दोभान बजारमा आगलागी

१७ फागुन ७७, मंगलबार

१८ फागुन, ताप्लेजुङ ।
मंगलबार बिहानदेखि  ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा भीषण आगलागी भइरहेको छ ।

बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको हो । अहिलेसम्म आधाजति बजार जलिसकेको स्थानीयले बताएका छन् । स्थानीय गोपाल खवासका अनुसार आगो भोला पौडेलको घरबाट सल्किएको हो ।

पौडेलको घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको उनले जानकारी दिए । आगलागी नियन्त्रणका लागि सदरमुकाम फुङलिङ बजारबाट दमकल दोभान बजार पुगेको छ ।

आगलागी फैलन नदिन डोजरले कच्ची घरहरू भत्काइँदै छन् । घटनास्थलमै रहेका गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले अहिलेसम्म बजारको मुख्य क्षेत्र जलिसकेको बताए ।

‘फुङलिङमा रहेको एक मात्र दमकल आएर आगो थप फैलन त रोकेको छ,’ उनले भने, ‘तर आगलागी भइरहेको स्थानमा भने नियन्त्रणमा लिन सकिएको छैन । नजिक गएर हेर्ने अवस्था नभएकाले कति घर जले यसै भन्न सकिन्न ।’

उनका अनुसार तुरुन्त आगो फैलिएकाले स्थानीयले घरभित्रका सामान निकाल्न भ्याएनन् । ‘केहीले महत्त्वपूर्ण कागजातहरूसम्म निकाल्न भ्याए,’ लिम्बूले भने, ‘जिल्लामा अहिले सीडीओ नभएकाले पनि के गर्ने, कसो गर्ने भन्ने अन्योल छ ।’

ताप्लेजुङका प्रजिअ झरेन्द्रप्रसाद चापागाईं केही दिनअघि नै सरुवा भई झापा गइसकेका छन् । झापाका प्रजिअ उमेश पाण्डेलाई ताप्लेजुङ सरुवा गरिएको छ ।

बिहानको समयमा मानिसहरू ब्युँझिसकेको र आगो लाग्नेबित्तिकै बाहिर निस्कन पाएकाले मानवीय क्षति हुनबाट जोगिएको पनि गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिए । दोभान जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top