×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकार र विप्लव समूहबीच औपचारिक वार्ता जारी

१९ फाल्गुन २०७७

१९ फागुन, काठमाडौं ।
सरकार र प्रतिबन्धित विप्लव समूहबीच बुधबार विहानैदेखि वार्ता भइरहेको छ।

हिजो एक चरण अनौपचारिक वार्ता गरेका दुवै पक्षका वार्ता टोली आज पनि निरन्तर औपचारिक वार्तामा बसिरहेका छन्। स्रोतका अनुसार काठमाडौंकै एक सरकारी भवनमा कडा सुरक्षा घेराबीच वार्ता भइरहेको हो।

Advertisement
Advertisement

वार्ता स्थल गोप्य राखिएको छ। वार्ता भाँडिन सक्ने भएकाले एकैपटक निष्कर्षमा पुगेपछि मात्रै सार्वजनिक गर्ने तयारी गरिएको स्रोतको भनाइ छ। वार्तामा विप्लव समूहका मागमा छलफल भइरहेको छ।

विप्लव समूहले प्रतिबन्ध फुकुवा हुनुपर्ने, पक्राउ परका आफ्ना नेता कार्यकर्ता रिहा हुनुपर्ने लगायतका माग अघि सारेको छ। सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सम्मिलित दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो।

त्यसलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएको थियो। भूमिगत रहेको विप्लव समूहका वार्ता टोली हिजै कडा सुरक्षाका बीच काठमाडौं भित्रिएको हो।

सिके राउतसँग जस्तै विप्लव समूहसँग पनि एकैपटक सहमति गरेर सार्वजनिक गर्ने गृहकार्यमा सरकारी वार्ता टोली लागेको स्रोतको दाबी छ।

Advertisement

तराई मधेशलाई अलग्गै राज्य बनाउनुपर्ने भन्दै पृथकतावादी आन्दोलन गर्दै आएका सिके राउत सरकारसँग ११ बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा आएका थिए।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top