यौन दुर्व्यवहारको आरोप लागेपछि भारत कर्नाटकका मन्त्रीले दिए राजिनामा

१९ फागुन, काठमाडौँ । भारतको कर्नाटकका मन्त्री रमेश जरकीहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् ।

उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दासम्बन्धी आरोपबारे अनुसन्धानका लागि नैतिकरुपमा राजीनामा दिएको उल्लेख गरेका छन् । यद्यपि आफू यो मामिलामा निर्दोष रहेको उनको दाबी छ ।

उनले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गरेका छन् र अनुमोदनका लागि गभर्नरलाई पठाएका छन् ।

Advertisement

यसअघि जरकीहोलीमाथि सामाजिक अभियन्ता दिनेश कलाहालीले एक महिलामाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।

उनले महिला र मन्त्रीबीचको भिडियो, स्क्रिनसट र टेलिफोन वार्ता पनि सार्वजनिक गरेका थिए । उनले प्रहरीमा मन्त्रीविरुद्ध उजुरी पनि दिएका थिए । उनले आफू पीडितको आफन्त पनि नभएको स्पष्ट पारेका थिए ।

Advertisement

सत्तारुढ पार्टीका नेताहरुले भने यो राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित घटना हुन सक्ने भन्दै यस विषयमा अनुसन्धानबाट मात्र सबै कुरा खुल्ने बताएका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top