गोंगबु हत्याकाण्डः अभियुक्त कल्पना मुडभरीलाई आजीवन कारावास, छोरीलाई सफाई

१९ फागुन, काठमाडौँ । गोंगबुमा कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फ्याँक्ने कल्पना मुडभरीलाई आजीवन कारावासको सजाय सुनाइएको छ।

कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका–७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी टाउको, खुट्टा काटेकी थिइन्। उनको जिँउ सुटकेसमा राखेर नवज्योतिमार्गमा फ्याँक्न लगेकी थिइन्। टाउको र खुट्टा भने केही पर भेटिएको थियो।

जिल्ला अदालत काठमाडौंले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको अदालतका सूचना अधिकारी नरेन्द्रकुमार शर्माले जानकारी दिए।

Advertisement

शर्माका अनुसार फागुन १३ गते न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई जीवित रहुञ्जेल काराबासको सजाय सुनाएका हुन्।

’उनी जीवित रहुञ्जेलसम्मको लागि कैदको सजाय सुनाएको छ,’उनले भने।

Advertisement

त्यस्तै कल्पनाकी छोरीले भने सफाइ पाएकी छन्। नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो।

’सुटकेस बोकाउन सहयोग गरेको भनिएकी छोरीलाई अदालतले सफाइ दिएको छ। उनले मृतक रहेको सुटकेस फोहोर भएको भन्ठानेर फोहोर फाल्न लगेको भन्ने बयान दिएकी थिइन्। त्यहीँ आधारमा उनले सफाइ पाएकी छन्,’ शर्माले भने।

’आमाको हकमा जन्मकैदको सजाय हुनेमा अत्यन्त क्रुर वा निर्ममतापूर्वक ज्यान मारेकोले सोही संहिताको दफा ४१ बमोजिम जीवित रहेसम्म कैद हुने भनिएको छ,’उनले भने।

गोंगबु बस्ने कृष्णबहादुर बोहराको टाउको र खुट्टा बिनाको शव गत साउन २५ गते सुटकेसमा भेटिएको थियो। पछि प्रहरी तालिम प्राप्त जोजो नामको कुकुरको मद्दतले टाउको र खुट्टा फेला पारेको थियो।

शव भेटिए पनि प्रहरीले केही दिन कृष्णबहादुरको पहिचान खुलाउन सकेको थिएन। त्यसपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो। सोही अनुसन्धान पछि प्रहरीले कल्पनालाई पक्राउ गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top