सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि सुरु

२० फागुन ७७, शुक्रबार

२१ फागुन, काठमाडौँ । सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

Advertisement

आउँदो फागुन २५ गतेसम्म बाँकेको नेपालगञ्ज रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, होगांजी न्यू डायमण्ड र स्थानीय टोली लुम्बिनी युनाइटेड खेल्ने छन् ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक बाँके भलिबल सङ्घले जनाए

Advertisement

को छ । गएको वर्ष विजेताले २ लाख रुपैयाँ पुरस्कार पाएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top