×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चिनियाँ नाकाबाट पहिलो पटक रासायनिक मल ल्याउन गरिएको परीक्षण सफल

२१ फाल्गुन २०७७

२१ फागुन, काठमाडौँ । सरकारले चिनियाँ नाकाबाट पहिलो पटक रासायनिक मल ल्याउन गरेको परीक्षण सफल भएको छ ।

चिनियाँ बजारबाट खरिद गरिएको चार हजार मेट्रिक टन यूरिया मल आगामी शनिबार तिब्बतको सिगात्सेबाट तातोपानी आइपुग्ने निश्चित भएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।

Advertisement
Advertisement

साल्ट ट्रेडिङको ग्लोबल टेण्डरबाट मल ल्याउने जिम्मा पाएको नेपाली कम्पनी शिल्क मार्केटले शनिबारसम्म मल तातोपानी आइपुग्ने जनाएको छ ।

सिगात्सेको गोदामबाट चार हजार मेट्रिकटन युरिया मल तातोपानीतर्फ ल्याउन थालिएको कम्पनीका प्रमुख सञ्चालन अधिकृत कल्याण सिलवालले बताए ।

पहिलो पटक उत्तरी नाकाबाट मल तातोपानी नाका हुँदै नेपाल आइपुग्ने निश्चित भएको साल्ट टे«डिङका सूचना अधिकारी कुमार राजभण्डारीले पनि पुष्टि गरे ।

‘चार हजार मेट्रिकटन युरिया अहिले सिगात्सेको गोदाममा आइपुगेको छ, अर्को सातासम्म तातोपानी नाका भएर नेपाल आइपुग्छ,’ सूचना अधिकारी राजभण्डारीले भने । चीनमै उत्पादन भएको युरिया शिल्क मार्केट कम्पनीले खरिद गरेको र नेपाल ल्याउने प्रक्रियामा रहेको उनको भनाइ छ ।

सिगात्सेबाट तातोपानी नाका हुँदै युरिया मल कन्टेनरमा नेपाल आइपुग्ने साल्ट ट्रेडिङले जनाएको छ । चीनमै खरिद गरिएको मल पनि हालसम्म भारततर्फको जलमार्ग भएर नेपाल भित्रिने गरेको र अहिले पहिलो पटक परीक्षणको रुपमा उत्तरी नाकाबाट पनि मल ल्याउन प्रयास गरेको कर्पोरेसनले जनाएको छ ।

कुल १८ करोड १८ लाख ८० हजार रुपैयाँ बराबरको (प्रतिमेट्रिकटन ३८९.९० अमेरिकी डलर) ४ हजार मेट्रिकटन मल उत्तरी नाकाबाट भित्रिने जनाइएको छ ।

कर्पोरेसनकाअनुसार लागतमा खासै फरक नपरे पनि दुरीका कारण छिटो मल ल्याउन सकिन्छकी भनेर मल ल्याइएको हो । उत्तरको बाटो भएर पहिलो पटक मल ल्याउने पहल सफलताउन्मुख रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले पहिलो पटक उत्तरबाट मल ल्याउने काम नतिजाउन्मुख रहेको बताए ।

तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले परीक्षणको रुपमा ९ हजार मेट्रिकटन मल उत्तरी नाकाबाट ल्याउन पहल गरेका थिए ।

Advertisement

जसअनुसार ५ हजार मेट्रकटन डीएपी मल ल्याउने जिम्मा कृषि सामग्री कम्पनी लिमिटेड र ४ हजार मेट्रिकटन युरिया मल ल्याउने जिम्मा साल्ट ट्रेडिङले पाएको थियो, जसमध्ये कृषि सामग्रीले खोलेको टेण्डरमा कुनै पनि आवेदन परेको थिएन ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top