वाग्मती, गण्डकी र प्रदेश–१ का पहाडी क्षेत्रमा छिटफुट वर्षा हुने सम्भावना

२१ फागुन ७७, शनिबार

२२ फागुन, काठमाडौँ । आज प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

यी तीन वटा प्रदेशको हिमाली क्षेत्रका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रही बाँकी भू–भागको मौसम सफा रहने महाशाखाको अनुमान छ ।

अहिले केही पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली रहेको छ भने बाँकी ठाउँको मौसम सफा रहेको मौसमविद्ले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top