हुलाक र अन्तःशुल्क स्टिकर छाप्न सेक्युरिटी प्रेस ल्याईंदै

२४ फागुन, काठमाडौं । सरकारले केही महत्वपूर्ण सुरक्षण मुद्रणका लागि ‘सेक्युरिटी प्रेस मेसिन’ ल्याउने भएको छ । सुरक्षण मुद्रण केन्द्रले हुलाक स्टिकर, अन्तःशुल्क स्टिकर, मार्कसिट लगायतका सुरक्षण मुद्रणका लागि टेन्डर गरेको हो ।

Advertisement

करिब ८० करोड मूल्य अनुमान गरिएको मेसिन ल्याएर अर्को वर्षदेखि नेपालमा सरकारी पक्षबाटै सुरक्षण मुद्रण सुरु गर्ने सुरक्षण मुद्रण केन्द्रको योजना छ ।

केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेल चालु आर्थिक वर्षभित्रै मेसिनको आपूर्ति हुने बताउँछन् । ‘मेसिन आएपछि जडान र सञ्चालनको तयारी गर्न एक वर्षजति समय लाग्छ,’ उनले भने,’बनेपाको आईटी पार्कको भवनलाई मेसिन राख्न मिल्ने गरी तयार गर्नुपर्ने हुन्छ ।’

Advertisement

सुरक्षण मुद्रणको लागि भवन र मेसिन बनाउन अर्थ मन्त्रालयसँग बहुवर्षीय ठेक्का लगाउन अनुमति मागिए पनि चालु आर्थिक वर्षमा त्यस्तो अनुमति नपाएको पौडेलले बताए ।

‘केही न केही त गर्नैपर्छ भनेर हामीले हुलाक स्टिकर, अन्तःशुल्क स्टिकर, मार्कसिट छाप्नसक्ने मेसिन ल्याउन लागेका हौं,’ उनले भने,’मेसिन आएपछि मुद्रणका लागि जनशक्तिको अभाव हुने अवस्था छैन ।’

Advertisement

सरकारले यसअघि फ्रान्सको आईएन ग्रुपसँग सरकारीस्तर (जीटुजी) प्रक्रियाबाट सुरक्षण मुद्रण खरिद गर्न प्रक्रिया अघि बढाएको थियो । तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणपछि जर्मनीको भेरिडोस कम्पनीसँग मागिएको कोटेसनलाई आधार बनाएर आईएनलाई ठेक्का दिने सरकारी योजना तुहिएको थियो ।

बास्कोटाले सुरक्षण मुद्रण खरिदका लागि स्विस कम्पनीका एजेन्ट विजय मिश्रसँग ७० करोडको डिल गरेको अडियो सार्वजनिक भएपछि सरकारले सुरक्षण मुद्रणको प्याकेजलाई टुक्र्याएर ठेक्का लगाउन थालेको हो ।

‘अहिले अन्तःशुल्क स्टिकरको अभाव छ, सरकारी प्रेस आएपछि यस्तो अवस्था आउँदैन,’ कार्यकारी निर्देशक पौडेलले भने,’सरकारले सबै सुरक्षण मुद्रण आफैं गर्न सक्यो भने वर्षमा करिब ९ अर्ब रुपैयाँ विदेश जानबाट रोकिन्छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top