१ चैत्र, एजेन्सी ।
अमेरिकी रक्षामन्त्री लयड अस्टिन यसै साता भारतको औपचारिक भ्रमणमा आउने भएका छन् ।
अस्टिनले भारतीय सकमक्षी राजनाथ सिंहलगायतसँग भेटवार्ता गर्नेछन् । इन्डो प्यासिफिक रणनीति (आईपीएस) सहकार्यमा जोड दिएको अमेरिकाले भारत, जापान र अस्ट्रेलियालाई त्यसको भरपर्दो सारथीको रूपमा प्रस्तुत गर्दै आएको छ ।
भारत त्यसमा कत्तिको सक्रिय हुने अझै स्पष्ट छैन । आगामी साता हुने यो भ्रमणलाई विश्वले नै अर्थपूर्ण भनेको छ । इन्डो प्यासिफिक क्षेत्रका सुरक्षामा भारतको भूमिका मुख्य रहने भन्दै आएको अमेरिकाले भारतलाई त्यसको प्रमुख रणनीतिक साझेदार समेत भनिसकेको छ ।
भारत पहिले झै रसियासँग मात्र सहकार्य गरेर अघि अढ्न सक्ने अवस्था छैन । यद्यपि भारत यतिबेला रसिया, चीन र अमेरिकासँगको सम्वन्धको सन्तुलन कायम गर्न खोजिरहेको छ ।
अस्टिन जापान र दक्षिण कोरियाको भ्रमण सकेर भारत आउने भएका हुन् । उनको यो भ्रमण रणनीतिक सहकार्यमा नै केन्द्रित हुने बताइएको छ ।
अमेरिकाबाट हुन लागेको यो भ्रमणलाई म्यानमारमा विकसित भएको राजनीतिक घटनासँग पनि जोडेर हेरिएको छ । उक्त विषयमा जापान र कोरियामा पनि छलफल हुनसक्ने अड्कल यस क्षेत्रका विज्ञहरूको छ ।
विश्व शक्ति र दक्षिण पूर्वी एसियाको शक्तिबीच वार्तामा दुई पक्षीय सम्वन्धको अलवा उत्तर कोरियाको परमाणु मुद्दा र म्यान्मारमा गत फेब्रुअरी १ मा भएको सैन्य ‘कू’ लगायतमा छलफल हुने अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अमेरिका र भारतको बढ्दो सम्बन्धले चीनलाई कमजोर हुने विश्लेषण समेत रहेको छ । जुन भारतको पनि चाहना हो ।
