जसपा तासको जोकर होइनः बाबुराम भट्टराई

जसपा तासको जोकर होइनः बाबुराम भट्टराई

१ चैत्र, विराटनगर ।
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी कसैको पुच्छर वा तासको जोकर नभएको बताएका छन् ।

सत्ता समीकरणका सम्बन्धमा जसपाको भूमिका के हुने ? भन्ने प्रश्नले महत्व राखिरहेको सन्दर्भमा भट्टराईले आफ्नो पार्टी देशको नेतृत्व गर्ने शक्ति भएको पनि प्रष्ट पारेका छन् ।

उनले ट्विट् गर्दै लेखेका छन्, जसपाबारे जान्नैपर्ने कुरा, यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैनसबरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो ।

जसपाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरुद्ध कसैसँग सम्झौता नगर्ने पनि उनले उल्लेख गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.