धानकुट्ने मिलको फित्तामा सल बेरिएर महिलाको मृत्यु

धानकुट्ने मिलको फित्तामा सल बेरिएर महिलाको मृत्यु

१ चैत्र, विराटनगर ।
भोजपुर रामप्रसादराई गाऊपालिका –१ ओख्रे कि ७६ बर्षीया कुमारी बानियाको धानकुट्ने मिलको फित्तामा घाटीमा लगाएको सल बेरिएर मृत्यु भएको छ ।

शनिबार बेलुका ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको लाईनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको सल मिलको फित्तामा बेरिन पुग्दा कुमारी घाईते भएकी थिइन् ।

घाइतेलाई उपचारका लागि स्थानिय संगिता मेडिकल ओख्रेमा पुर्याइएपनि राती साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.