१ चैत्र, विराटनगर ।
एक नम्बर प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।
जारी सातौ हिउँदे अधिवेशनको चौथो बैठक सोमबार दिउँसो १२ः३० बजेका लागि आह्वान गरिएको थियो । तर आइतबार सूचना प्रकाशित गर्दै प्रदेशसभा सचिवालयले बैठक स्थगित गरेको जानकारी गराएको हो ।
फागुन ९ गते मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता भइसकेको छ । फागुन ९ गते अविश्वास प्रस्ताव पेश भएपछि फागुन २३ गतेसम्म बैठक स्थगित गरिएको थियो ।
त्यसपछि फेरि चैत २ गतेसम्मका लागि स्थगित गरिएको थियो । चैत २ गतेको बैठक पनि एक दिनअघि सूचना टाँसेर स्थगित गरिएको हो ।
