सी डिभिजन लिग सुरु, खालीबारीको विजयी सुरुवात

सी डिभिजन लिग सुरु, खालीबारीको विजयी सुरुवात

१ चैत, ललितपुर । मोफसलको टोली झापा एफसीमाथि २–१ को जित निकाल्दै खालीबारी युथ क्लबले सहिद स्मारक ’सी’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।

सातदोबाटोको एन्फा मुख्यालयमा आइतबार भएको उद्घाटन खेलमा झापा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै खालीबारीले सुखद सुरुवात गरेको हो । झापाले लिएको सुरुआती अग्रतालाई उल्टाएर खालीबारीले जित निकालेको हो । खालीबारीलाई सुखद नतिजा निकाल्न विपिन कँडेल र सुदिप केसीले एक एक गर्दा झापाका सरोज दोर्जी कार्कीले एक गोल गरे । १४ टिमको सहभागिता रहेको लिग आगामी चैत २४ गते सम्म हुँदै छ । एन्फाले सहभागि टोलीलाई २ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराएको हो । दुई समूहका शीर्ष ३ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सको प्रतिस्पर्धा पछि शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछन । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछन र प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.