१ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका छन् ।
माओवादी केन्द्रको केन्द्रीय समितिको वैठक सकेर नारायणकाजी श्रेष्ठलाई साथमा लिँदै प्रचण्ड कोटेश्वर पुगेका हुन् । चारजनाको बीचमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको बुझिएको छ । फागुन २३ गते सर्वोच्च अदालतले दिएको फैसलापछि माधव नेपाल पक्ष र प्रचण्ड अलग्गिएका थिए ।