राष्ट्रपतिले पनि लगाइन् कोरोनाविरुद्धको खोप

२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्ध खोप लगाएकी छिन् ।

Advertisement

सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी उनले खोप लगाएकी हुन् । खोप लगाएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै राष्ट्रपति भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल पनि गरिन् । नयाँ भएको हुनाले केही शंका हुनु स्वभाविक भएपनि धेरै चरणको परीक्षण पछि मात्रै खोप आएकाले ढुक्क भएर खोप अभियानमा सहभागी हुन उनले सबैलाई आग्रह गरिन् । अग्रपक्तिमा रहेको, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै लगाउने सोच आफ्नो हुँदा हुदै पनि देशबाहिर जानुपर्ने भएकाले खोप लगाउन आएको पनि उनले स्पष्ट पारिन् । उनले भनिन् “म चाहीँ मेरै उमेर समूह पर्खिएर बसेकी थिएँ । मलाई एउटा मित्रराष्ट्रको भ्रमण गर्नुपर्ने भो । टार्ने नसकिने पर्यो । मैले खोप नलगाईकन जाँदाखेरी मिश्रीत प्रतिक्रिया आउने भएकाले ।म हेरिरहेकी थिएँ । सबैले लगाईसकेपछि लगाउनुपर्ने भएपनि ठिकै छ भनेर बसेकी थिएँ । अग्रपक्तिमा बसेका र जोखिममा भएकाहरुलाई नै पहिले गर्नुपर्छ नेर । म त त्यसैपनि एकदम ठूलो सुरक्षामै छु । बाहिर जानुपर्ने भएको हुनाले मेरो प्रतिनिधिमण्डलमा सामेल हुन सक्ने संभावना भएका सदस्यहरुलाई पनि लगाउनुपर्यो । म दाजुभाईदिदीबहिनीहरुलाई पुर्ण विश्वस्त भएर लगाउन अपिल गर्छु । निर्धक्क भएर लगाउँदा हुन्छ । नयाँ भएको हुनाले अलि अलि शंका हुनु स्वभाविकै हो । तर धेरै चरणको परीक्षण भएको हुनाले ढुक्क हुन अनुरोध गर्दछु ।”

उनले नेपालमा अन्यत्र भन्दा कोभिडको असर न्यून परेको भन्दै त्यसकिसिमको सफलता प्राप्त गर्न सकेकोमा त्यसको जस नेपाल सरकार, चिकित्सक, जनप्रतिनिधि, अग्रपक्तिमा खटिने सबै भोलिन्टियर र सामाजिक संघ संस्थाहरुलाई दिनुपर्ने र मुक्त कण्ठले प्रसंसा गर्नुपर्ने बताइन् ।

Advertisement

राष्ट्रपति भण्डारी आगामी ९ गते बंगलादेश जादैछिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top