बामपन्थी बुद्धिजीवी माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा निधन

३ चैत्र, काठमाडौँ । नेपाली बामपन्थी इतिहासका प्रखर बुद्धिजीवीका साथै नेपालभाषा साहित्यिक इतिहासका प्रसिद्ध धरोहर समालोचक प्रोफेसर माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको छ।

Advertisement

केही वर्षयतादेखि बिरामी रहनुभएका उनलाई एक महिनाअघि अशक्त अवस्थामा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

त्यहाँ धेरै दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको र स्वास्थ्य झन् झन् बिग्रिएपछि काठमाण्डौको गङ्गालाल अस्पतालमा पठाइएको थियो । उनको गङ्गालाल अस्पतालमा आज बिहान निधन भएको परिवारले जानकारी दिएको छ ।

Advertisement

विद्यावारिधि गरेका सयौँ अध्येताहरुका मार्गनिर्देशक रहेका उनी अन्तर्राष्ट्रिय कानुनका व्याख्याता पनि थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top