श्रीलङ्काका सबै विद्यालयहरू आउँदो अप्रिलदेखि खुल्ने

३ चैत्र, एजेन्सी । श्रीलङ्काका सबै विद्यालयहरू आउँदो अप्रिलदेखि खुल्ने भएका छन् ।

स्थानीय सिन्हला र तमिल समुदायको नयाँ वर्षपछि मात्रै सबै अध्ययन अध्यापन कार्य सुरु गर्नु उपयुक्त हुने भन्दै १९ अप्रिलदेखि सुरु गर्ने निर्णय भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ।

शिक्षा मन्त्रीले अप्रिल १९ देखि सबै विद्यालयहरु खोल्न आवश्यक तयारी भइरहेको जानकारी दिएका हुन् ।

Advertisement

कोरोना भाइरसको दोस्रो चरणको महामारीका कारण श्रीलङ्कामा गएको अक्टोबरदेखि विद्यालयहरु बन्द छन् । ५, ११ र १३ का कक्षा भने हिजोदेखि सुरु भएका छन् ।

विद्यालयहरु सबै खोल्नु अगाडि सबै विद्यालयहरूलाई आधारभूत स्वास्थ्य मापदण्ड पूरा गर्न लगाइने र सञ्चालनका बेलामा ती सबै मापदण्ड पालना गर्नु पर्ने व्यवस्था गरिने भएको छ ।

Advertisement

श्रीलङ्कामा कोरोना भाइरसबाट अहिलेसम्म ८७ हजार ९०७ जना सङ्क्रमित भएका छन् भने तीमध्ये पाँच सय २७ जनाको ज्यान गएको छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top