स्वास्थ्य संस्थाको अनुगमन र नियमन गर्न छुट्टै निकाय बनाइँदै

३ चैत्र, काठमाडौँ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले स्वास्थ्य प्रत्यायन प्राधिकरण गठन गर्ने प्रक्रियालाई तीव्रता दिएको छ ।

प्राधिकरण सम्बन्धी सैद्धान्तिक अवधारणा पत्र मन्त्रिपरिषदले स्वीकृत गरिसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन प्रक्रियालाई तीव्रता दिएको हो । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य प्रत्यायण गठन गर्ने उल्लेख थियो ।

मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेतका अनुसार अहिले विज्ञ टोलीले प्राधिकरण स्थापना तथा सञ्चालनका सम्बन्धी कार्यविधि तथा ऐनका लागि मस्यौदा तयार गर्ने कार्य गरिरहेको छ । सम्भवत १५ देखि २० दिनमा यो कार्य सकिने उनी बताउँछन् । ‘त्यसपछि प्राधिकरणको एउटास्वरुप देखा पर्छ,’ बस्नेत भन्छन् ।

Advertisement

नीति तथा कार्यक्रममा आएपछि गत असारको अन्तिमतिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्यायन प्राधिकरण गठन गर्ने प्रक्रिया अघि बढाएको भन्दै अवधारणापत्र तयार गर्नका लागि भन्दै विज्ञहरुसंग सुझाव मागेको थियो ।

प्राधिकरणले स्वास्थ्य संस्थाको स्तरीकरण, स्वास्थ्य सेवाको वर्गीकरण, सोहीअनुसार सेवाको सुनिश्चितता गर्ने र शुल्क निर्धारण गर्नेलगायतका कार्यहरुलाई व्यवस्थित ढंगले अघि बढाउने कार्य गर्ने बस्नेतले बताए ।

Advertisement

अहिलेसम्म स्वास्थ्य संस्थाको स्तरीकरण, सेवाको वर्गीकरण गर्ने, सेवाको सुनिश्चितता गर्नेलगायतका कामहरु गर्ने छुट्टै कुनै निकाय छैन् । प्राधिकरण आइसकेपछि यी सबै कामहरु सहज ढंगले अघि बढने बताइएको छ । ‘अहिलेसम्म स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाको स्तर निर्धारण गरेर शुल्क तोकेको छैन्, अब प्राधिकरण सबै त्यस्ता काम गर्छ,’ बस्नेत भन्छन्, ‘अब प्राधिकरणले नै स्वास्थ्य संस्थाको नियमन, अनुगमन र सेवाको सुनिश्चितता गर्छ ।’

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top