भेलामा व्यस्त भएकाले संसदीय दलको बैठकमा उपस्थित हुन सक्दैनौँः नेपाल समूह

भेलामा व्यस्त भएकाले संसदीय दलको बैठकमा उपस्थित हुन सक्दैनौँः नेपाल समूह

४ चैत, काठमाडौँ । नेकपा एमालेको नेपाल समूहका सांसदहरु पार्टी अध्यक्ष तथा संसदीय दलको नेता केपी शर्मा ओलीले बिहीबार बोलाएको संसदीय बैठकमा नजाने भएका छन् ।

बुधबार सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त भएकाले बैठकमा जान नसक्ने सांसद एवं सचिव योगेश भट्टराईले बताए । आफूहरुको राष्ट्रिय भेलाबारे प्रधानमन्त्री एवं संसदीय दलको सचिवालयलाई जानकारी रहेको भन्दै उनले भने, ‘दलको बैठकमा जान कुनै समस्या छैन । तर भेलामा व्यस्त भएकाले भोलिका लागि बोलाइएको बैठकमा उपस्थित हुन सक्दैन भनेका छौं ।’

तर ७ चैतमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि नजाने नेपाल समूहमा रहेका एमाले सचिव भट्टराईले प्रष्ट पारे । सर्वोच्च अदालतको आदेशअनुसार एमालेलाई संगठन र विचारका रुपमा २ जेठ २०७५ मा फर्काउन तयार भएपछि मात्र केन्द्रीय कमिटीको बैठकमा जाने उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.