×

NEPAL TIMES UPDATES

Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026

काबेली ‘ए’ जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता संशोधन नहुने

५ चैत्र २०७७

५ चैत, काठमाडौँ । ३७.६ मेगावाटको काबेली ‘ए’ जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) सोझै संशोधन नहुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरेको प्रस्तावमाथि सञ्चालकहरूले फरक राय राखेपछि सोझै काबेली ‘ए’को पीपीए संशोधन गर्ने प्रस्ताव अस्वीकृत भएको हो ।

Advertisement
Advertisement

सञ्चालक समितिका एक सदस्यका अनुसार सरकारसँग परियोजना विकास सम्झौता (पीडीए) गरेको आयोजनाको पीपीएबारे प्राधिकरणले सोझै र पहिल्यै निर्णय गर्न नमिल्ल्ने भन्दै मंगलबारको सञ्चालक समिति बैठकले थप तयारी गर्न शाक्यलाई सुझाएको छ ।

विभिन्न विदेशी दाताले लगानी गर्ने गरी पीडीए भएको यो परियोजनाबारे प्राधिकरणले विधि र प्रक्रिया मिचेर निर्णय लिन नहुने सञ्चालकहरुको मत थियो ।

‘सरकारले कुनै निर्णय नगर्दै पीडीए भइसकेको आयोजनाको पीपीए प्राधिकरणले सिधै संशोधन गर्न नमिल्ने कुरा उठ्यो’ ती सञ्चालकले भने,’पीडीएको संशोधनपछि मात्रै पीपीएबारे पुनर्विचार हुनसक्छ भन्ने सञ्चालक समितिको निष्कर्ष हो ।’

सञ्चालकहरुले छुट्टै समिति बनाएर प्राधिकरणको प्रस्ताव अनुसार निर्णय हुन सक्न/नसक्ने अध्ययन गर्नुपर्ने माग गरेका थिए ।

सञ्चालकहरुका अनुसार सञ्चालक समितिका अध्यक्ष तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भने काबेलीको पीपीए संशोधनको लागि जतिसक्दो छिटो तयारी सकेर दुई–चार दिनभित्रै बैठक बस्ने जानकारी दिएका थिए ।

२०७२ असोज ७ मा काबेली इनर्जी कम्पनीसँग भएको डलरमा आधारित पीपीएलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्ने गरी विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले प्रस्ताव सञ्चालक समितिमा लगेका हुन् ।

सन् २००१मा सस्तो मूल्यमा बिजुली दिने गरी भएको प्रतिस्पर्धाका आधारमा बुटवल पार कम्लेपाी (बीपीसी)ले आयोजनाको लाइसेन्स हात परेको थियो ।

तर, निर्माणमा ढिलाइ भएपछि ४ करोड ६० लाख अमेरिकी डलर ऋण लगानी गर्न तयार भएका विश्व बैंक समूहको अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत दाताले यो आयोजनामा लगानी गर्न इच्छा देखाएका छैनन् । लापरवाही भएपछि अर्थमन्त्रालयले नै आयोजनाका लागि यसअघि भएको ऋण सम्झौता नवीकरण नगरेको हो ।

अप्ठेरोमा परेको आयोजनालाई राहत दिन प्राधिकरणले हिउँदमा ८ रुपैयाँ ४० पैसा वर्षमा ४ रुपैयाँ ८० पैसामा बिजुली किन्ने गरी संशोधन प्रस्ताव सञ्चालक समितिमा पेश गरेको छ । प्रस्तावमा भने हिउँदमा कुल वार्षिक विद्युत उत्पादनको ३० प्रतिशत पनि उत्पादन नहुने भएकाले यो संशोधन गर्न लागिएको उल्लेख छ ।

अहिले अन्य रन अफ रिभर (आरओआर) प्रणालीमा आधारित आयोजनासँग प्राधिकरणले किन्दै आएको विद्युत खरिद दरमा पीपीए संशोधन गर्न प्रस्ताव गरिएको छ । यसअघिको पीपीए एक डलरलाई ७२ रुपैयाँमा स्थिर राख्ने गरी ६.२९८५ सेन्ट डलरमा भएको थियो । यो रकमको भुक्तानी अनुपात डलर र नेपाली रुपैयाँको क्रमशः ६० र ४० मा थियो ।

प्राधिकरणले सोझै पीपीए संशोधन गर्दा आयोजनाले सरकारलाई बेच्ने बिजुलीको दर महँगो हुनेछ । प्रतिस्पर्धा गरेर हात पारेको आयोजनालाई अन्य योजनासरह नै बिजुलीको मूल्य दिँदा नीतिगत भ्रष्टाचार हुने प्राधिकरणका सञ्चालक समिति सदस्यहरु बताउँछन् ।

प्राधिकरणले भने पुरानो पीपीएअनुसार विद्युत उत्पादन गरिसक्नुपर्ने म्याद गुज्रिएको भन्दै पीपीएको दर नै परिवर्तन गर्ने गरी संशोधनको प्रस्ताव सञ्चालक समितिमा लगेको हो । प्राधिकरणको प्रवक्ता मदन तिमिल्सिना बोर्डको बैठकमा भएको छलफल र निर्णयहरूबारे २ हप्तासम्म आफूलाई जानकारी नहुने बताउँछन् ।

स्रोतका अनुसार सञ्चालक समितिमा कार्यकारी निर्देशक शाक्यले पीपीए संशोधन गरे हस्ताक्षर गरेको मितिबाट थप ३ वर्ष निर्माण सक्ने नयाँ म्याद दिने प्रस्ताव गरेका छन् । आयोजनागत वित्तीय व्यवस्थापनको लागि अर्को एक वर्ष समय दिने प्रस्तावमा उल्लेख छ । अहिलेसम्म २० प्रतिशत मात्रै काम सकेको काबेलीले ३ वर्षभित्र काम सक्नेमा अझै प्राधिकरणभित्र आशंका छ ।

Advertisement

केही दिनअघि मात्रै कोबेली नै बनाइरहेको बुटवल पावर कम्पनी (बीपीसी)ले बनाउने मनाङ मर्स्याङ्दी आयोजनासँग प्राधिकरणले पीपीए गरेको थियो ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top