एमाले संसदीय बोर्डमा वरिष्ठ नेता खनाल र नेपाल पनि

५ चैत, काठमाडौँ । नेकपा संसदीय बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ ।

Advertisement

बालुवाटारमा बसेको संसदीय दलको बैठकले बोर्डमा रहने २३ जनाकै नाम टुंगो लगाएको हो । खनाल र नेपाल समूहले बैठक बहिस्कार गरेपनि बोर्डमा राखिएको छ ।

दलका नेता केपी शर्मा ओली अध्यक्ष रहने बोर्ड सदस्यहरुमा नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, सुवास नेम्वाङ, विशाल भट्टराई, सुमन प्याकुरेल, बिमला राई पौड्याल, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा छन् ।

Advertisement

यस्तै, भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विश्वकर्मा पनि बोर्ड सदस्य रहेका छन् । थप तीन जना भने बोर्डको बैठकले चयन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top