ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना संक्रमित फेला

५ चैत, एजेन्सी । ब्राजिलमा एकै दिन ९० हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

Advertisement

यस देशमा पहिलो पटक यतिधेरै नागरिक संक्रमित भएका पनि अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा जनाइएको छ । ब्राजिलका स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९० हजार ३ सय ३ जना संक्रमित भएका छन् ।

ब्राजिलमा अहिलेसम्म कुल एक करोड १६ लाख ९३ हजार ५५८ जना संक्रमित भएका छन् भने दुई लाख ८० हजार बढीको मृत्यु भइसकेको छ ।

Advertisement

त्यसैगरी सोही अवधिमा कम्तीमा दुई हजार ६४८ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यो मृत्यु पनि गएका केही हप्तापछि गत २४ घन्टाको अवधिमा भएको मृत्युको धेरै संख्या भएको पनि बताइएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सबैभन्दा बढी संक्रमित साओपाउलोमा देखिएको मन्त्रालयले जनाएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै चार सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

Advertisement

पछिल्लो समयमा ब्राजिलमा कोरोनाका संक्रमितहरुको उपचारका लागि सेवा क्षमता कम भएको बताइएको छ । जसका कारण पनि कतिपय अवस्थामा अस्पतालमा शैया र औषधि अभाव समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँ कोरोना भाइरस विरुद्धको खोप पनि लगाउन थालिएको छ । ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले पनि गत शनिबार कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए ।

पछिल्लो जानकारी अनुसार मंगलबार सम्ममा यहाँका १ करोड ४० लाख भन्दा बढी नागरिकले खोप लगाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र यो जानकारी दिएको पनि जनाइएको छ ।

ब्राजिल विश्वमा कोरोना संक्रमणबाट पीडित अमेरिकापछिको दोस्रो देश हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top