रुसले अमेरिकी निर्वाचनमा हस्तक्षेप गर्न गरेको प्रयासको मूल्य चुकाउनुपर्ने बाइडेनको चेतावनी

५ चैत, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले अमेरिकाको निर्वाचनमा हस्तक्षेप गर्न गरेको प्रयासको मूल्य चुकाउनुपर्ने बताएका छन् ।

अमेरिकाको गुप्तचर संस्थाले सार्वजनिक गरेको प्रतिवेदनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिताउन निर्वाचनको प्रचारमा प्रभाव पार्ने प्रयास गरेको देखाएको थियो ।

मंगलबार सार्वजनिक भएको प्रतिवेदनमा रुसले अमेरिकी निर्वाचन प्रचारको क्रममा मानिसहरुलाई भ्रमित पार्ने, बाइडनविरुद्ध गलत दाबी गर्दै मानिलाई भड्काउन खोजेको उल्लेख छ ।

Advertisement

सोही प्रतिवेदनलाई आधार बनाउँदै बाइडनले एक अन्तर्वार्तामा पुटिनले यो कामको लागि ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् । बाइडनले आफूलाई पुटिन हत्यारा हुन् भन्ने लागेको स्वीकार गरेका छन् ।

अमेरिकामा बाइडन सत्तामा आएसँगै रुससँगको सम्बन्ध थप चिसिएको छ । बाइडनले पुटिनविरुद्धको आगामी कदम भने उल्लेख गरेनन् । यद्यपि अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने अनुमान गरिएको छ ।

अमेरिकाले मार्चको सुरुमा विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिएको र जेल हालेको विषयलाई लिएर रुसका चार शीर्ष अधिकारीमाथि प्रतिबन्धको निर्णय गरेको थियो । रुसले भने विपक्षी नेतालाई कारबाही गरेको विषय आफ्नो आन्तरिक मामिला रहेको र यसमा हुने बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top