भुवनलाई गल्फमा उपाधि

५ चैत ७७, शुक्रबार

५ चैत, काठमाडौं । सागका दोहोरो स्वर्ण विजेता सुबाश तामाङलाई एक स्ट्रोकले हराउदै भुवन नगरकोटी सुर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन ।

बिहिबार अन्तिम दिन दुई ओभर ७४ अंक जोडेपनि समग्रमा सात अन्डर २८१ को नतिजामा भुवनले उपाधि जितेका हुन। अन्तिम अठार होलको खेलको सुरुवात गर्दा भुवनसँग दुई स्ट्रोकको अग्रता थियो।दनलाई चुनौती दिएका शुक्र बहादुर राईले ब्याक नाइनमा बिर्सनलायक खेले र उनी उपाधि होडबाट बाहिरिए। एमेच्योर खेलाडी सुबाशले भने चुनौती दिए तर पनि भुवनले एक स्ट्रोकलर बाजी मारे । भुवनले फ्रन्ट नाईन दई ओभर ३८ मा सकाए। बमताक नाइन इभन पार ३६ मा सकाउदै दुई ओभर ७४ अंक जोडे। तेस्रो र चौथो दिन लगातार दुई ओभर खेलेपनि पहिलो दिनको आठ अन्डर र दोस्रो दिनको तीन अन्डरको प्रदर्शनले भुवन उपाधिको हकदार बने। उपाधिसँगै उनले एक लाख ३० हजार प्राप्त गरे । सुबाशले एक अन्डर ७१ को समकोरकार्ड तयार पारे र समग्रमा आठ अन्डर २८२ को नतिजामा दोस्रो भए। उनी मात्र एक स्ट्रोकले चुके। सुबाश एमेच्योर तर्फ च्याम्पियन बने । एमेच्योर सुबाश दोस्रो हुदा पाँच ओभर ७७ अंक बनाएका शुक्र राईले समग्रमा दुई अन्डर २८६ अंक सहित तेस्रो स्थानमा चित बुझाए। उनले अन्तिम दुन बमयान नाइनमा बिर्सनलायक खेल खेले। उनले नगद ८४ हजार प्राप्त गरे । दुई ओभर ७४ अंक सहित समग्रमा दुई ओभर २९० अंक जोडेका सञ्जय लामा चौथो भए। उनले ६० हजार प्राप्त गरे। कुल सात लाख २५ हजार नगद पुरस्कार राशिको चार दिने प्रतियोगितामा २१ खेलाडीले नगद पुरस्कार प्राप्त गरे। यो पटक ४४ प्रोफेसनल र १७ एमेच्योर खेलाडी गरी कुल ६१ खेलाडीको सहभागिता रहेको थियो। जुन टुरकै इतिहासमा सर्वाधिक खेलाडीको सहभागिता पनि हो।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top