बाइडनले हत्यारा भन्दै आफ्नो आलोचना गरेपछि रुसी राष्ट्रपतिले दिए यस्तो जबाफ

५ चैत ७७, शुक्रबार

६ चैत्र, बीबीसी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी जो बाइडनको टिप्पणीको प्रत्युत्तर दिएका छन्।

रुसी टेलिभिजनमा बोल्दै पुटिनले आफूसँग खुला रूपमा कुरा गर्न चेतावनी दिँदै त्यस्तो जान्नका लागि आफू त्यस्तै हुनुपर्छ भनेका छन्। अमेरिकी राष्ट्रपतिले पुटिनलाई आफूले हत्यारा ठानेको बताएका थिए।

पुटिनले आफ्ना सुरक्षा निकायहरूले विपक्षी नेता एलेस्की नभाल्नीलाई मार्ने प्रयास गरेको भन्ने आरोपलाई अस्वीकार गरेका छन्। बाइडनले एबीसी न्यूजसँगको एउटा अन्तर्वार्तामा सन् २०२० को अमेरिकी निर्वाचनमा रुसले दिएको भनिएको हस्तक्षेपको पुटिनले मूल्य तिर्नुपर्ने बताएका थिए।

त्यसपछि रुसले वाशिङ्टनमा रहेका आफ्ना राजदूतलाई अमेरिकासँगको अपरिवर्तनीय क्षति हुन नदिन भन्दै परामर्शका लागि फिर्ता बोलाएको थियो।

पुटिनले अरू के भने ?
बाइडनका आरोपहरू अस्वीकार गर्न पुटिनले विद्यालयका बालबालिकाले खेलका बेला प्रयोग गर्ने भनाइको सहारा लिए।

उनले भने, बाल्यावस्थामा हामी खेल मैदानमा बहस गर्दा भन्ने गरेको सम्झन्छु– त्यस्तो जान्नका लागि आफू त्यस्तै हुनुपर्छ। अनि त्यो संयोग होइन, ठट्टा वा बालबालिकाले भन्ने कुरा मात्र पनि होइन। त्यसको गहिरो मनोवैज्ञानिक अर्थ छ।

हामीले सधैँ आफ्ना लक्षण अरूमा देख्छौँ र उनीहरू आफूजस्तै ठान्छौँ। फलस्वरूप उसका कामको समीक्षा गर्दै आकलनहरू गर्छौँ । पुटिनले अमेरिकालाई अमेरिकीहरूविरुद्ध नरसंहार गरेको र दोस्रो विश्वयुद्धमा हिरोशिमा र नागासाकीमा आणविक बम खसालेर नागरिकहरूको हत्या गरेको आरोप लगाए।

त्यसअघि नै पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले त्यस्ता आरोपहरूको प्रमाण नभएको र त्यसले दुई देशबीचको सम्बन्धमा थप क्षति पुर्‍याउने बताएका थिए।

बीबीसीकी मस्को संवाददाता सारा रेन्स्फर्ड भन्छिन्ः यहाँका सरकारी सञ्चारमाध्यमहरूले आक्रोशित भएर अमेरिकी राष्ट्रपतिले पराकाष्ठा नाघेको टिप्पणी गरेका छन् भने विश्लेषकहरूले त्यसलाई अपमान मानेका छन्।

अमेरिकी गुप्तचर प्रतिवेदनमा के थियो ?
रुसले अमेरिकी चुनावी अभियानलाई कमजोर पार्ने प्रयास गरेको निष्कर्ष निकालेको एउटा अमेरिकी गुप्तचर प्रतिवेदनबारे बाइडनले एबीसीको अन्तर्वार्तामा टिप्पणी गरेका थिए।

मङ्गलवार सार्वजनिक १५ पृष्ठको उक्त प्रतिवेदनमा पुटिनले निर्वाचनमा हस्तक्षेपका लागि अनुमति दिएको जनाइएको छ। त्यससमा बाइडनलाई बदनाम गर्न र डोनल्ड ट्रम्पलाई प्रोत्साहन गर्न धेरै उपायहरू अपनाएको उल्लेख छ।

ती उपायमा मतदान प्रणालीप्रतिको विश्वास कमजोर गराउने र अमेरिकामा विभाजनलाई थप चर्काउने आदि भएको जनाइएको छ। मस्कोले ती आरोपहरू अस्वीकार गरेको छ।

के पुटिन–बाइडनको यो पहिलो चर्काचर्की हो ?

दश वर्षअघि ओबामा प्रशासनमा उपराष्ट्रपति हुँदा बाइडनले अस्थायी रूपमा प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका पुटिनलाई क्रेम्लिनमा भेटेका थिए।

मैले भनेँ– प्रधानमन्त्रीज्यू मैले तपाईँको आँखामा हेरिरहेको छु, मलाई लाग्दैन तपाईँसँग आत्मा छ, त्यसको केही वर्षपछि उनले न्यूयोर्करसँगको अन्तर्वार्तामा भनेका थिए। उनले मलाई हेरे र मुस्काउँदै भने– हामीले एकअर्कालाई बुझ्छौँ।

निर्वाचनभन्दा अगाडि गत वर्ष उनले पुटिनको सोभियत गुप्तचर निकायमा रहेको अनुभवलाई सङ्केत गर्दै उनलाई केजीबीको ठग भनेका थिए।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top