×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

पूर्वराजपा पक्षले समय मागेपछि जसपा बैठक होलीसम्म स्थगित

६ चैत्र २०७७

६ चैत्र, काठमाडौँ ।
पार्टी समायोजनका लागि गृहकार्य नपुगेको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले बिहीबार बोलाएको केन्द्रीय कार्यकारिणी बैठक स्थगित गरेको छ ।

गत वैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच एकीकरण भए पनि दुई पार्टीका संगठन समायोजन गरिएको छैन ।

Advertisement
Advertisement

केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाका अनुसार पूर्वराजपा पक्षले गृहकार्य गर्नका लागि केही दिन लाग्ने बताएपछि बैठक स्थगित गरिएको हो । बैठक स्थगित भएलगत्तै राजपा समूहले बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा बैठक राखेको थियो ।

बैठकमा संगठन समायोजनका लागि आफ्नोतर्फबाट गृहकार्य गर्न ६ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा जितेन्द्र सोनल, मनीष सुमन, केशव झा, सुनील रोहित, रमेश यादव र सञ्जय यादव छन् ।

कार्यदलले पार्टीको केन्द्रदेखि तल्ला तहका सबै समितिमा समायोजनका लागि तयारी गर्नेछ । ‘पूर्वसमाजवादीका तर्फबाट सबै तयारी थियो तर पूर्वराजपाबाट तयारी नभएका कारण आजको बैठक स्थगित गर्नुपरेको हो,’ झाले भने, ‘अर्को बैठक होलीलगत्तै बस्नेछ ।’

पूर्वराजपा समूहको बैठकमा सत्तासमीकरणका विषयमा समेत छलफल भएको थियो । छलफलमा अहिलेसम्म प्रगतिका बारेमा जानकारी गराइएको थियो ।

राजपा पक्षका नेताहरूले आफूहरूले उठाएका मुद्दा सम्बोधन गर्नेलाई नै सत्ता समीकरणमा समेत सहयोग गर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेसले प्रस्ट धारणा अघि नबढाएको, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा जसपाले मुद्दा छाडेर सत्ता समीकरणका लागि मात्रै निर्णय गर्न नहुने धारणा पूर्वराजपा पक्षका नेताहरूको छ ।

Advertisement

उनीहरूले रेशम चौधरीलगायत मधेस, थरुहट आन्दोलनक्रममा पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायत विषय सम्बोधन हुनुपर्ने माग गरेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top