×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

चीन र अमेरिकाबीचको पहिलो उच्चस्तरीय वार्तामा दुई देशका प्रतिनिधिबीच आरोप–प्रत्यारोप

६ चैत्र २०७७

६ चैत, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछि अलस्कामा चीन र अमेरिकाबीच भइरहेको पहिलो उच्चस्तरीय वार्तामा दुई देशका प्रतिनिधिबीच कडा रूपमा आरोप–प्रत्यारोप भएको बीबीसीले जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सले लेखेको छ, ‘सार्वजनिक मञ्चमा दुई शक्तिशाली देशबीय यो स्तरको बैठकमा यस्तो आरोप–प्रत्यारोप निकै कम देख्न पाइन्छ ।’

Advertisement
Advertisement

चीनका अधिकारीहरूले यस बैठकमा अमेरिकाले अन्य देशलाई चीनमाथि आक्रमण गर्न उक्साएको आरोप लगाएका छन् भने अमेरिकी अधिकारीहरूले चीन नसोची, नसम्झी यो निष्कर्षमा पुगेको बताएका छन् ।
चीन र अमेरिकाको सम्बन्ध वर्तमान अवस्थामा सबैभन्दा तनावपूर्ण स्थितिमा रहेको छ र केही वर्षयता यही अवस्था बनेको छ ।

अमेरिकाले चीनसँगको मुद्दामा ‘विगर मुसलमानको मुद्दा’ उठाइरहने तय गरेको छ । विगर मुसलमान चीनको शिंजियांग प्रान्तमा रहने अल्पसङ्ख्यक जनजाति समुदाय हो । चीनमाथि विगर समुदायलाई दमन गर्दै आएको आरोप लाग्दै आएको छ ।

चीनले भनेको छ, ‘अमेरिकाले चीन आफ्नो अघि झुक्छ भन्ने सोचिरहेको थियो भने ऊ धोकामा थिए ।’

क्यामरा अघि अमेरिकी विदेश सचिव एन्टनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनसँगै चीनका शीर्ष कुटनीतिज्ञ यांग जेइची र विदेश मन्त्री वांग यीको बहस भयो ।

वार्ताको सुरुवातमा नै ब्लिन्केनले भन्नुभयो, ‘अमेरिका शिनजियांग, हङकङ, ताइवान, अमेरिकामाथि भएको साइबर आक्रमण र हाम्रा सहयोगीमाथि बनाइएको आर्थिक दबाबको बारेमा चर्चा जारी राख्नेछ किनकि विश्वव्यापी रुपमा यी विषयमाथि कुरा हुन आवश्यक छ ।’

यसको जवाफमा चीनका शीर्ष कुटनीतिज्ञ यांगले अमेरिकाले आफ्नो सैन्य शक्ति र आर्थिक वर्चस्वको गलत प्रयोग गरेर दोस्रो देशमा आफ्नो दबाब सिर्जना गर्न र उनीहरुलाई दबाउन कोसिस गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अमेरिका सामान्य व्यापारिक आदानप्रदानमा बाधा पुर्याउन र चीनमाथि आक्रमण गर्नका लागि केही देशलाई उक्साउन राष्ट्रिय सुरक्षाको कथित धारणाहरूको दुरुपयोग गर्छ ।’

अश्वेत अमेरिकी नागरिकप्रति लक्षित गर्दै चिनियाँ अधिकारीहरुले अमेरिकामा मानव अधिकारको स्थिति सबैभन्दा तल्लो स्तरमा रहेको बताए ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अमेरिकाले चीनसँग कुनै झगडा नचाहेको तर अमेरिका आफ्ना नागरिक, आफ्ना सिद्धान्त र आफ्ना साथीसँग उभिएको छ उभिरहने बताउनुभयो ।

विश्वभरका सञ्चारमाध्यमको अघि दुवै देशका प्रतिनिधिको यो बहस एक घण्टाभन्दा धेरै समयसम्म चल्यो ।

Advertisement
Advertisement

दुवै देशका अधिकारीहरूले चीन र अमेरिकाको सम्बन्धमा देखिएको स्थिति थप बिग्रन नहुने बताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top