आज सुनको भाउ तोलामा पाँच सयले बढ्यो

आज सुनको भाउ तोलामा पाँच सयले बढ्यो

८ चैत, काठमाडौँ । हप्ताको पहिलो दिन आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ ।

आज सुन तोलामा ८७ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । अस्ति तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज १२ सय ८० रहेको महासङ्घले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.