भारतीय प्रधानमन्त्री मोदीविरुद्ध बंगलादेशमा विरोध प्रदर्शन

८ चैत, एजेन्सी । बंगलादेश भ्रमणमा जान लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई त्यहाँका नागरिकले विरोध गरेका छन् ।

Advertisement

५० औँ स्वतन्त्र दिवसमा आउँदो शुक्रबार (मार्च २६) मा बंगलादेश जाने कार्यक्रम तय गरेका मोदीविरुद्ध त्यहाँका मुस्लिम समुदाय र विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन् ।

समाचार संस्था ’डन’ का अनुसार कडा सुरक्षाका बाबजुद पनि शुक्रबारको प्रार्थनापछि ५०० जना मुस्लिम ढाकास्थित बेतुल मोकर्रम मस्जिद बाहिर सडकमा उत्रिएका हुन् ।

Advertisement

ब्यानर बिना नै प्रदर्शनमा निस्केका उनीहरु राजनीतिक पार्टीमा आवद्ध भए÷नभएको खुलेको छैन।

उनीहरुले आफूले लगाएको जुत्ता हातमा लिएर मोदीलाई अनादर देखाएका थिए। उनीहरुले ढाका नआउनु भन्दै मोदी र भारत विरुद्ध नारा लगाएका थिए।

Advertisement

यसैगरी दुई सय जना विद्यार्थी अधिकारकर्मीले ढाका विश्वविद्यालय परिसरमा छुट्टै विरोध गरेका छन्।

उनीहरुले मोदीलाई ’गुजारतको कसाई’ भनेका थिए। केही प्रदर्शनकारीले भारत फिर्ता जाऊ ’गो ब्याक मोदी, गो ब्याक इन्डिया’ र ज्यानमारा मोदी फिर्ता जाऊ ’गो ब्याक किलर मोदी’ पोस्टर बोकेका थिए।

सन् २००२ मा गुजरातको पश्चिम राज्यमा हिन्दु–मुस्लिम दंगामा परी एक हजारभन्दा बढीको मृत्यु भएको थियो।

त्यसबेला मोदी त्यहाँका मुख्यमन्त्री थिए। ठूलो संख्यामा नरसंहार हुँदा पनि मोदीले घटनालाई बढावा दिएको आरोप थियो। सुप्रिम कोर्टले उनीमाथि अभियोग लगाउन प्रमाण नभएको बताएको थियो।

मोदीलाई बोलाएकोमा प्रदर्शनकारीले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पनि आलोचना गरेका छन्। उनीहरुले दुई देशबीच धेरै विवादित विषयहरु रहेका बताएका छन्।

भारतमा मोदी र हिन्दु राष्ट्रवादी पार्टीले मुस्लिममाथि थिचोमिचो गर्ने गरेको उनीहरुको आरोप छ।

१९७१ मार्च, २६ का दिन बंगलादेश पाकिस्तानबाट छुट्टिएर स्वतन्त्र भएको थियो। भारतको सहयोगमा नौ महिना लामो लडाइँपछि बंगलादेश नयाँ देशको रुपमा बनेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top