×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

देशभरका समस्या सांसदले संसदमा उठाए, कसले के भने ?

१० चैत्र २०७७

१० चैत, काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठक प्रारम्भ हुनासाथ सभामुखसँग समय मागेर बोल्दै सांसद दिलेन्द्र प्रसाद बडुले दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं. ५ गल्फाइँ गाउँको पारिपट्टी भारत सरकारले तीन महिनादेखि नेपाल सरकारको सहमति र जानकारी बिना नै एकतर्फी ढंगले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरीरहेकाले तटबन्ध निर्माण कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराए ।

Advertisement
Advertisement

शुन्य समयमा बोल्दै सांसद अन्जना विसंखेले कोभिड–१९ भाइरसले नयाँ रुपमा जन्म लिएको भन्दै स्वास्थ्य मन्त्रालयले कर्मचारीको व्यवस्थापन र जनताको विषयलाई गम्भिरतापूर्वक लिनुपर्नेमा ध्यानाकर्षण गराइन् ।

सांसद अमनलाल मोदीले कोभिड–१९ को महामारी पछि सरकारले देश विदेशमा रोजगार गुमेका मजदुरहरुलाई रोजगारी दिन नसकेको बताए । उनले मलको अभाव भएको पनि बताए । प्रधानमन्त्रीले रअको मान्छे कुन विषयमा भेटेको भन्ने जानकारी नगराइएको पनि उनको भनाई छ ।

संसद पुर्नस्थापनापछि बिजनेस नदिएर सरकारले संसदलाई गतिहिन बनाएको पनि सांसद मोदीले बताए ।

सांसद आशाकुमारी वि.क.ले बझाङको दुर्गम साहिपाल गाउँपालिकाका जनप्रतिनिधि प्रत्येक वर्ष चामल माग्न सिंहदरबार धाइरहेका भएपनि समस्या समाधान नभएको बताइन् । त्यहाँको खाद्य समस्या समाधानका लागि स्थायी खाद्य डिपो सञ्चालन गर्नु जरुरी रहेको बताइन् ।

सांसद इन्दुकुमारी शर्माले महोत्तरीमा फागुन १० गते ६५ वर्षिय मुसाफिर झा र उनकी पत्नी गितादेवी झाको आफ्नै निवासमा सुतिरहेको अवस्थामा बेड, विछ्यौनासहित रहस्यमय तरिकाले अपहरण गरी बेपत्ता पारिएको घटनाको दोषि पत्ता लगाउन प्रहरी प्रशासनले हालसम्म नसकेको भन्दै दोषि पत्ता लगाइ दोषि उपर कानूनी कारबाही गर्न माग गरिन् ।

सांसद उमा रेग्मीले महिलाहरुको हत्या, हिंसा र बलात्कारको घटनाको बिगविगि रहेको भएपनि यस विषय सरकारको प्राथमिकतामा किन परेको भनि प्रश्न गरिन् । यस विषयमा सरकार गम्भिर नबनेको बताइन् ।

हत्या, हिंसा तथा वलात्कारका अपराधिहरुलाई कडा भन्दा कडा कारबाही गर्न माग समेत गरिन् ।

सांसद एकवाल मियाँले बारा जिल्लाबाट बिरगञ्जसम्म पुग्ने हाइटेन्शन लाइनको बिचमा २५/३० वटा गाउँ परेकाले जनताहरु त्रासमा रहेकोले हाइटेन्शन लाइनको व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद कुमारी तुलसी थापाले बर्दियामा आरक्षणमा हुर्किरहेका पाटे बाघले आतंक मच्चाएको र हालसम्म ९ जनाको ज्यान गइसकेको अवस्थामा सरकारले जनताको सुरक्षा गर्न कुनै उपाय नअपनाएको बताइन् ।

उनले बर्दियाको नेपाल–भारत सिमानामा व्यापक तस्करी भइरहेको र नेपाल भारत सिमानामा नेपाली भूमि अतिक्रमण भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद कृष्णप्रसाद दाहालले नेपालका गरिब जनतालाई लगानी गर्नको निम्ति प्राथमिकता क्षेत्र कर्जा निर्धारण गरेर तोकिएका ठाउँमा प्रतिशत तोकेर सरकारले कर्जा दिने कुरा ल्याएकोमा त्यसको स्वागत गरे ।

सो कर्जा बिना धितो दिनेगरी उच्चस्तरीय कानूनी संरचना बनाएर सबै प्राथमिकताका क्षेत्रमा पर्ने कर्जा जति एकै ठाउँमा जम्मा गरेर सो कर्जा सर्वसुलभ ढंगले जनताले प्राप्त गर्न सक्ने स्थिति बनाउनको निम्ति सरकारसँग माग गरे ।

सांसद कृष्णभक्त पोखरेलले सरकारले दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको गणना शुरु गरेकोमा स्वागत गरे ।

घासे मैदान, वासस्थान, ताल तलैयाको अभाव, चोरी, सिकारी आदिका कारण सङ्कटमा पर्दै गएका प्रकृतिका अमुल्य निधिहरुको रक्षा गर्नु सबैको दायित्व भएको भन्दै उनले एकसिंगे गैडाको संरक्षणका लागि रणनीतिक योजना बनाइ सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।

सांसद केदार सिग्देलले छिमेकी देश भारतमा फेरी दोस्रो चरणको कोभिड–१९ महामारी शुरु भएको भन्दै नेपालमा यसको प्रभावकारी रोकथाम र उपचारका लागि यथाशिघ्र कदम चाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बद्ध पक्षसँग माग गरे ।

प्रधानमन्त्रीलाई नैतिकता सिकाउने

सांसद खगराज अधिकारीले सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, अविश्वासको प्रस्ताव ल्याउन फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने भनेर प्रश्न गरे ।

ठाउँठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन् भन्ने गरेको भएपनि नेकपा एमाले देखि सातो गएको उनको भनाई छ ।

लोकतन्त्रको कुरा गरेपनि चुनावमा जान डराएको पनि उनले बताए । आफै भत्ता बढाउन माग गर्नेहरुले प्रधानमन्त्री समर्थक सांसदले माग गरेको भनेर प्रचार गरिएको उनको भनाई छ ।

सांसद खेम प्रसाद लोहनीले मध्यपहाडी लोकमार्ग अन्र्तगत धादिङ जिल्लामा पर्ने सडक निर्माण कार्य रोकिएकोले तत्काल शुरु गर्न माग गरे ।

प्रधानमन्त्रीले संसदलाई तिरस्कार गरिरहने छन्

सांसद गगन कुमार थापाले संसदलाई कामबिहिन बनाउने प्रपञ्च गरिएको बनताए । प्रधानमन्त्री ओली पदमा रहुञ्जेल संसदलाई तिरस्कार गरिरहने उनको भनाई छ ।

संसदलाई तिरस्कार गरेर जनताको अपमान गरिएको भन्दै उनले संसदको गरिमा कायम राख्नका निम्ति आफुहरु लडिरहने बताए । प्रधानमन्त्री ओलीले गरेको संसदको अपमानको बदला जनताले लिने उनको भनाई छ ।

सांसद गजेन्द्रबहादुर महतले कर्णालीमा अझैपनि बिजुली बत्ति नपुगेर अध्यारै रहेको भएपनि देशलाई अल्पविकसितबाट बिकसितमा पुगेको भनिएकोमा असन्तुष्टि व्यक्त गरे । सो प्रमाणपत्र नेपाललाई कसले दिएको हो कर्णालीको जनतालाई चासोको विषय भएको बताए ।

सांसद गंगा चौधरी सत्गौवाले सरकारले गरेको कामको आफ्नै पार्टीले उचित प्रचार नगरेको बताइनन् । आफ्नै पार्टी भित्रबाट हलो अड्काउने अनि गोरु चुट्ने काम भएको टिप्पणी गरिन् ।

सांसद घनश्याम खतिवडाले सरकारले अगाडी सारेका कामहरु ठेकेदारको लापरबाहीका कारण सम्पन्न हुन नसकेको तर्फ ध्यानाकर्षण गराए । मोरङमा पनि विकास निर्माणको काममा ठेक्का लागेको भएपनि ठेकेदारको लापरबाहीका कारण काम नभएको बताए ।

सांसद चाँद तारा कुमारीले तराई क्षेत्रमा कोरोना संक्रमण बढीरहेकोले तराई क्षेत्रमा कोरोना भाइरस विरुद्धको भ्याक्सिन बढाउन माग गरिन् । उनले धर्म निरपेक्षताको अनुभव मुस्लिम समुदायले पाउन नसकेको पनि बताइन् ।

जग्गा अर्के देशमा हामी चाँही लोगो मात्रै लगाएर बस्ने

सांसद जिपछिरिङ लामाले दार्चुलाको जमिन भारतमा प¥यो भनेर नक्सा सार्वजनिक गरेको भएपनि जमिन फिर्ता नआएकाले जमिन कहिले फिर्ता आउँछ भनेर प्रश्न गरे ।

जग्गा अर्को देशमा हामी चाहीँ लोगो मात्रै लगाएर हिड्ने कि जमिन कहिले फिर्ता आउँछ भन्ने प्रश्न गरे । सांसद जीवनराम श्रेष्ठले काठमाडौँ जिल्लामा सडक विस्तारको नाममा डोजर आतंक भएकाले तत्काल रोक्न माग गरे ।

Advertisement

सडक विकासका आयोजनालाई रिभ्यु गर्नुपर्ने पनि उनको माग छ । सांसद झपटबहादुर रावलले संसद पुर्नस्थापना पछि दल विभाजन गर्ने गतिविधि भएको बताए । संविधानको रक्षाको निम्ति सबैलाई हौसला प्राप्त हुनुपर्नेमा जोड दिए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top