आज पाँचौं अन्तर्राष्ट्रिय फ्याक्ट चेकिङ अर्थात तथ्य जाँच दिवस मनाइँदै

२० चैत, काठमाडौँ । आज पाँचौं अन्तर्राष्ट्रिय फ्याक्ट चेकिङ अर्थात तथ्य जाँच दिवस मनाइँदैछ ।

विभिन्न समाचार, सूचना तथा सामाजिक सञ्जालबाट प्रकाशन/प्रसारण हुने कुराको तथ्य जाँच गर्ने संस्थाहरुले यो दिवस मनाउँदै छन् ।

सन् २०१६ मा अर्जेन्टिनामा भएको विश्वभरका तथ्य जाँचकीहरुको भेलाले इन्टरनेशनल फ्याक्ट चेकर्स नेटवर्कको स्थापना गरेर हरेक वर्षको अप्रिल २ तारिखलाई अन्तर्राष्ट्रिय ’फ्याक्ट चेकिङ डे’को रुपमा मनाउने निर्णय गरेको थियो । अहिले विश्वभर एक सयभन्दा धेरै फ्याक्ट चेकर्स अर्थात तथ्य जाँच गर्ने संस्थाहरु रहेका छन् ।

Advertisement

आम नागरिकमा सञ्चारमाध्यम र सामाजिक सञ्जालको पहुँच बढेसँगै मिथ्या सूचना सम्प्रेषण पनि बढेको र यसले समाजमा विभिन्न समस्या पैदा गरेको भन्दै सही सूचना दिने काममा तथ्य जाँचकी संस्थाहरुले सक्रियतापूर्वक काम गरिरहेका छन् ।

नेपालमा पनि पानस साउथ एसिया अन्तर्गतको साउथ एसिया चेकले विभिन्न मिथ्या सूचनाको जाँच गरेर सही सूचना दिने काम गर्दै आएको छ ।

Advertisement

साउथ एसिया चेकका सम्पादक दीपक अधिकारीले विशेष गरी राजनीतिक दलका नेताहरुले बोलेका कुरा र सामाजिक सञ्जालमा भाइरल भएका कुरालाई जाँच गरेर तथ्यपूर्ण सूचना सम्प्रेषण गरिरहेको बताए ।

नेपाल सूचना प्रविधिको विकासकै क्रममा रहेको र यससम्बन्धी धेरैलाई कम मात्रै ज्ञान रहेकाले मिथ्या सूचना फैलने र त्यसैलाई विश्वास गर्ने समस्या धेरै देखिएको अधिकारीको भनाइ छ ।

मिथ्या सूचनाको जोखिम घटाउन सबैजना जिम्मेवार बन्नुपर्ने र सूचनाको आधिकारिकतामा ध्यान दिनुपर्ने सम्पादक अधिकारीको सुझाव छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top