×

NEPAL TIMES UPDATES

Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026

अब ओली सरकार ढल्छ कि रहन्छ ? (भिडिओसहित)

२२ चैत्र २०७७

२२ चैत, काठमाडौँ । लामो समयको अनिर्णयको घेराबाट बाहिर निस्केर शुक्रबार नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै सरकारको नेतृत्व लिने निर्णय गरेपछि ओली सरकार ढल्ने दिनगन्ती सुरु भएको छ । अब कांग्रेस र माओवादी केन्द्रले जनता समाजवादी पार्टीलाई फकाउनु पहिलो आवश्यकता हो । तर सरकारका लागि सवैका स्वार्थ बाझिएकाले त्यो विषय त्यति सजिलो भने छैन ।

तीन दलको सहकार्यबाट मात्र सरकार गठन गर्न आवश्यक बहुमत पुग्ने भएकाले जसपाको साथ विना ओली सरकार ढाल्न र नयाँ सरकार गठन गर्न सम्भव छैन यद्यपी जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई खेमाले ओली सरकार ढाल्न पहल गरिरहेकाले जसपाको अर्को खेमालाई सहमत गराए ओली सरकार ढल्ने निश्चित छ ।

Advertisement
Advertisement

कांग्रेसले लामो समय सरकार गठनका विषयमा निर्णय नदिँदा छाएको अन्यौलता चिरिएकाले नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिले कोल्टे फेरिसकेको भन्दै नयाँ सरकार चाँडै गठन हुने बताएका छन् । नयाँ सरकार गठन गर्नका लागि ओली सरकार ढाल्न, प्रधानमन्त्री ओलीले राजीनामा दिने वा अविश्वासको प्रस्ताव दर्ता गर्ने विकल्प छन् ।

अझ पछिल्लो समय त ओलीले संसदबाट बहुमतसिद्ध गर्नुपर्ने विषयले राजनीतिक र कानूनी रुपमा चर्चा पाएको छ । प्रधानमन्त्री ओलीले, हालको अवस्थामा आफूले राजीनामा नदिने बताएका छन् । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिन चूनौती दिएका छन् ।

तर सरकारमा जान खुट्टा उचालेको कांग्रेसले भने प्रधानमन्त्री ओलीले राजीनामा नदिएपनि कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने घोषणा गरेको छ ।

राजीनामा नदिए सरकारबाट हटाउन अविश्वासको प्रस्ताव पारित गराउन कांग्रेसको योजना हो । यसअघि, समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकै पटक हुने भनि प्रचण्डले घोषणा गरेजस्तै गरि, ओलीले राजीनामा नदिए संसदमा विश्वासको मत लिन नसकेर ओली सरकार ढल्ने देखिएको हो ।

सरकारमा सहभागि हुने/नहुने विषयमा लामो समय पर्ख र हेरको अवस्थामा बसेको कांग्रेसले निर्णय गरे लगत्तै ओली सरकारको विकल्प खोजिरहेको माओवादी केन्द्र ओली विरुद्ध बलियो भएको छ ।

राजनीतिक अंक गणितमा अब दल र राजनीतिक विश्लेषकहरुले भनेजस्तै अपवित्र गठबन्धनपछि प्रचण्ड र देउवा थप मजबुत भएका छन् । ५३ सांसद रहेको माओवादी केन्द्रले ओलीका विरुद्धमा कांग्रेसका ६३ सांसद पाएको छ ।

अब जसपाको दुवै खेमालाई माओवादी र कांग्रेसले आफ्नो पक्षमा पार्न सके ओलीको विरुद्धमा सामान्य बहुमत १३८ संख्या पुर्याउनेछ । तर माओवादीका केही सांसद ओली तर्फ लागेकाले यो सख्या केही तलमाथि हुन सक्छ । तर काग्रेसले सरकारका लागि पहल गरेपनि १ सय २१ सांसद सहित बलियो अवस्थामा रहेका प्रधानमन्त्री ओलीले जसपालाई आफ्नो समर्थनमा लिएमा ओली सरकारले नै निरन्तरता पाउने संभावना पनि त्यति नै रहेको छ ।

Advertisement
Advertisement

https://www.youtube.com/watch?v=N-gk5xmwx1M

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top