×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

विद्यार्थीको बोझ घटाउन गणित र विज्ञान अनिवार्य विषयबाट हट्दै

२ असार २०७५

काठमाडौँ, असार २

कक्षा ११ र १२ मा विद्यार्थीको बोझ घटाउन विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुपमार्फत गणित र विज्ञान विषयलाई अनिवार्यबाट हटाउने गृहकार्य भएको छ ।

Advertisement
Advertisement

नयाँ व्यवस्थाअनुसार कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य रहने छ । गणित र विज्ञान विषयलाई अनिवार्यबाट हटाई ऐच्छिक मात्र बनाउने नहुने तर्कसमेत आइरहेका बेला सरकारले भने यसबाट शैक्षिक क्षति कम हुने अपेक्षा गरेको छ । विद्यालय तहमा अधिकांश विद्यार्थी गणित र विज्ञानमा असफल हुँदै आएका छन् ।

नयाँ व्यवस्थाले कक्षा ११ र १२ लाई एकल पथीय बनाउने छ भने कक्षा ९ र १० मा पाँच अनिवार्य र दुई वटा पेशा व्यावसायिक ऐच्छिक विषय थप्नेछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत जेठ १८ मा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद् बैठकले सो प्रारुप स्वीकृत गरेको थियो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले शिक्षामा मुलुकको विद्यमान आवश्यकता र विश्व व्यापीकरणको प्रभावलाई आत्मसात् गरी सामाजिक अध्ययनको विषय अनिवार्यमा थप्न लागिएको बताए।

“सबै विद्यार्थीलाई गणित र विज्ञान चाहिँदैन । उनीहरुलाई विषय बोझ घटाउन र शैक्षिक क्षति कम गराउन प्रारुपले नयाँ व्यवस्था गरेको हो ।” काप्रीले भने ।

उनले आफूहरु नयाँ प्रारुपका आधारमा एकैपटक वा आंशिक वा कहिलेदेखि पाठ्यक्रम÷पाठ्यपुस्तक कार्यान्वयनमा लाने भन्ने विषयमा छलफलमै रहेको जनाउँदै विज्ञको परामर्शकै आधारमा प्रारुप ल्याएको दाबी गरे ।

केन्द्रले विषयगत विज्ञको समिति बनाई पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ । अपारदर्शी र हतारमा नयाँ प्रारुप आएको हो ? भन्ने प्रश्नमा निर्देशक काप्रीले भने, “त्यस्तो होइन, यो कर्मचारीले मात्र गरेको पनि होइन, विज्ञको परामर्शमा राजनीतिक तहकै निर्णय हो, विषय वा सिद्धान्त थपघट गर्नुपरेमा नेपाल सरकारले गर्नेछ ।”

नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल बनाउन ल्याउन लागिएको प्रारुपले समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक विकासको दूरदृष्टिसहित पाठ्य घण्टा (क्रेडिट आवर) को संरचना र व्यावसायिक शिक्षाको धारलाई प्राथमिकता दिएको छ ।

शिक्षा मन्त्रालयले विसं २०६३ मा लागू गरेको सो प्रारुप यसअघि २०७१ मा परिवर्तन भएको थियो । हाल शिशु कक्षादेखि कक्षा १२ सम्म विद्यालय तह मानिन्छ ।

शिक्षामन्त्री पोखरेलले समृद्ध नेपालका लागि गुण र सीपमा आधारित जीवनोपयोगी शिक्षा कार्यान्वयनमा लान मानव मूल्य, प्रकृति, विज्ञान, ब्रह्माण्ड, योग ध्यान, संस्कृति, नैतिक शिक्षा, तनाव व्यवस्थापनका विषय पनि विद्यार्थीलाई पढाउन आवश्यक रहेको बताउँदै आएका छन्।

पाठ्यक्रम विज्ञ डा तीर्थराज पराजुलीले माथिल्लो तहबाट तल्लो तहलाई नभई त्यसको ठीक उल्टो हेराइका आधारमा नयाँ प्रारुप आउनुपर्ने बताए । उनले शिक्षा मन्त्रालयले प्रारुप तयार गर्दा पर्याप्त छलफल नगरी हतारमा ल्याएको टिप्पणी गरे ।

नयाँ प्रारुपले संविधानको मौलिक हक, संघीय, प्रदेश र स्थानीय तहको संरचना, आर्थिक सामाजिक रुपान्तरणका सवाल, विद्यालय क्षेत्र विकास कार्यक्रम, मुलुकको दीर्घकालीन विकासमा शिक्षाको योगदानका पक्षमा ध्यान दिई सक्षमता र बाल मनोवैज्ञानिकलगायतका सिद्धान्त अपनाएको छ ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top