×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पत्रकार महासंघ चुनावः ६० भन्दा बढी जिल्लाको गणना सकिँदा पोख्रेलको प्यानललाई अग्रता

२७ चैत्र २०७७

२७ चैत, काठमाडौँ । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वको लागि अस्ति बुधवार भएको चुनावको मतगणना जारी छ ।

७७ जिल्लामा भएको चुनावको ६० भन्दा बढी जिल्लामा गणना लगभग सकिएको छ । अहिलेसम्म भएको मतगणनाले अध्यक्षका उम्मेदवार विपुल पोख्रेलको प्यानलले नै अग्रता बनाएको छ ।

Advertisement
Advertisement

काठमाण्डौको केन्द्रको मत गन्न भने बाँकी छ । १२ सय ३४ मत परेको काठमाण्डौको केन्द्रमा अहिले केहीबेरपछि मत गणना गर्ने तयारी छ । केन्द्रीय अध्यक्षमा पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको उम्मेदवारी रहेको छ । यस्तै, प्रतिष्ठानतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

बिहान ११ बजेसम्ममा प्रतिष्ठानतर्फको सबै नतिजा आइसक्ने निर्वाचन अधिकृत राजन कुईँकेलले जानकारी दिए । प्रतिष्ठानतर्फको केन्द्रीय समिति सदस्यमा मणि दाहाल र रामकृष्ण अधिकारी विजयी भएका छन् ।

अधिकारी पोख्रेल प्यानलका हुनुहुन्छ भने दाहालले स्वतन्त्र उम्मेदवारी दिनु भएको हो । यस्तै, एसोसिएटतर्फको पनि मतगणना चलिरहेको छ । चुनावका सबै नतिजा आउन अझै एक÷दुई दिन लाग्ने निर्वाचन समितिका संयोजक कपिल काफ्लेले उज्यालोलाई जानकारी दिए ।

Advertisement

अस्ति, ७७ जिल्ला, ४२ प्रतिष्ठान र १२ वटा एसोसिएटको चुनाव भएको हो । बैतडीमा सदस्यता वितरणको विवादले जिल्ला कार्यसमितिको चुनाव हुन सकेन । बैतडीमा पनि छिटै नै चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top