आगामी सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने

१ बैशाख, एजेन्सी । आगामी सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने भएका छन् ।

राष्ट्रपति जो बाइडनले आगामी सेप्टेम्बर ११ तारिखअघि सबै अमेरिकी सैनिकहरूले अफगानिस्तान छाड्ने घोषणाको तयारी गरेको अमेरिकाका सरकारी अधिकारीहरुले बताएका छन् ।

गएको वर्ष तालिबान र डोनाल्ड ट्रम्प प्रशासनबीच भएको सम्झौताअनुसार अमेरिकी सैनिकहरूले आउँदो मे महिनासम्ममा अफगानिस्तान छाड्नुपर्ने थियो । तर, राष्ट्रपति बाइडनले मे १ तारिखको समयसीमामा सैनिकहरू फिर्ता गर्ने काम सक्न कठिन रहेको बताउँदै आएका थिए ।

Advertisement

आगामी सेप्टेम्बर ११ तारिखमा अमेरिकामा रहेको वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा हमला भएको २० वर्ष पुग्दैछ । २० वर्षदेखि जारी युद्धमा २५ सयभन्दा धेरै अमेरिकी सैनिकहरूले ज्यान गुमाएका छन् ।

गएको वर्ष तालिबानले हिंसा रोकेको चौध महिनाभित्र अमेरिकाले आफ्ना सबै सेनाहरू फिर्ता बोलाउने सम्झौता भएको थियो ।

Advertisement

अमेरिकी नेतृत्वमा यसै महिनाको अन्त्यमा टर्कीमा हुन लागेको शान्ति सम्मेलनमा अफगान सरकार र तालिबान सहभागी हुने खबर आएको केही घण्टामै अमेरिकाले आफ्ना सैनिक फिर्ताको घोषणा गर्न लागेको हो ।

अफगानिस्तानमा नेटकोका ९ हजार ६ सयभन्दा धेरै सैनिकको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top