आईपीएलः रोयल च्यालेन्जर्स बेङ्ग्लोर ६ रनले विजयी

आईपीएलः रोयल च्यालेन्जर्स बेङ्ग्लोर ६ रनले विजयी

२ बैशाख, काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर विजयी भएको छ ।

चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले हराउँदै बेङ्ग्लोरले लगातार दोस्रो जित निकालेको हो ।

बेङ्ग्लोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

जितसँगै बेङ्ग्लोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बेङ्ग्लोरले २ खेलमा ४ अङ्क जोडेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.