७ बैशाख, काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यही वैशाख ९ गतेका लागि तय गरेको कार्यक्रम स्थगित गरेको छ ।
कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौंमा गर्न लागेको कार्यक्रम कोभिड–१९ को बढ्दो संक्रमणका कारण स्थगित गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।
“कोरोनाभाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भइरहेको छ ।
यही परिस्थितिलाई मध्यनजर गर्दै ९ वैशाख २०७८ मा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रम स्थगित गरिएको छ । तर, संक्रमण नफैलिएका जिल्लाहरुमा भने जारी स्वास्थ्य मापदण्डको पालना गरेर कार्यक्रमहरु गर्न सबैमा अनुरोध छ,” जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।