×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

लुम्बिनी प्रदेशमा जसपा विभाजित

८ बैशाख २०७८

८ वैशाख, काठमाडौँ । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका ३ सहित ४ प्रदेश सांसदले मन्त्री पद सम्हालेपछि लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा विभाजित बनेको छ ।

यो विभाजनले लुम्बिनी प्रदेशको आगामी सत्ता समीकरण के हुने भन्ने थप अन्यौलता बढाइदिएको छ ।

Advertisement
Advertisement

संसदीय दलको निर्णय उल्लंघन गरेर मुख्यमन्त्री शंकर पोखरेलको कित्तामा उभिएको भन्दै सोमबार मात्रै मन्त्रीको सपथ लिएका चारजनालाई जसपा संसदीय दलले स्पष्टिकरण सोधेको छ ।

मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरेका विजय यादव, सन्तोष पाण्डे र सुमन रायमाझी तथा मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर नगरेकी कल्पना पाण्डेलाई मन्त्री नियुक्त गरिएको छ ।

२४ घण्टे स्पष्टिकरणमा संसदीय जसपाको प्रदेश समिति र संसदीय दलले गरेको निर्णय किन उल्लंघन गरेको रु भन्दै स्पष्टिकरण दिनका लागि निर्देशन दिईएको छ ।

जसपा संसदीय दलका अनुसार मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भन्दै जसपा प्रदेश समितिले २६ चैतमै निर्णय गरेको थियो भने ६ बैशाखमा संसदीय दलको बैठकले निर्णय गरेको थियो ।

‘दलको तर्फबाट ह्विप जारी गरिएको निर्णय तपाई आफैलाई थाहा हुँदा हुँदै यसको बिपरित मुख्यमन्त्रीको नेतृत्वको मन्त्री परिषद सदस्यमा सपथ ग्रहण गर्नु गम्भीर ह्विप उल्लंघन हो,’ उनिहरुलाई सोधिएको स्पष्टिकरण पत्रमा भनिएको छ ‘तसर्थ तपाईहरुले दल र दलको नेताको निर्देशन लकिन उल्लंघन गरेको हो रु’

२४ घण्टे स्पष्टिकरण सोधेको जसपा संसदीय दलले स्पष्टिकरण चित्त बुझ्दो नभए सांसद समेत नरहने गरि कारवाहीका लागि पार्टी केन्द्रीय समितिमा सिफारिस गर्ने जनाएको छ । ‘उहाँहरुले हाम्रो पार्टीको प्रदेश समितिको निर्णय र संसदीय दलको ह्विपलाई उल्लंघन गर्नुभएको छ,’ जसपा संसदीय दलका नेता सहसराम यादवले भने ‘उहाँहरूबाट २४ घण्टा सम्म जवाफ कुर्छौँ, र त्यसपछि सांसद समेत नरहने गरि कारबाहीका लागि केन्द्रीय समितिमा सिफारिस गर्छौँ ।’

जसपाका शिर्ष नेताहरुले कारबाहीका लागि सिफारिस गर्नका लागि निर्देशन दिएकाले उनीहरुको सांसद पद गुम्ने जसपा प्रदेश समितिका अध्यक्ष अशोक यादवले जानकारी दिए । ‘बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईलगायतका शिर्ष नेताहरुले पार्टीको ह्विप उल्लंघन गर्नेहरुलाई कारबाहीका लागि सिफारिस गर्न भन्नु भएको छ,’ यादवले भने ‘ह्विप उल्लंघन गर्नेहरुलाई कारबाही गर्ने निर्णयमा उहाँहरु पुगिसक्नु भएको छ ।’

Advertisement
Advertisement

उनका अनुसार मन्त्री पद सम्हालेका चार सांसदले स्पष्टिकरण पत्र बुझेका थिए । तर उनीहरुले लगत्तै फालिदिएका थिए । ‘स्पष्टिकरण पत्र थमाइदियौँ, र उनीहरुले बुझे पनि,’यादवले भने ‘लगत्तै फालिदिए अनि हामीहरुले इमेल मार्फत स्पष्टिकरण पत्र पठाएका छौँ ।’ यो समाचार नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top