आफूहरुको उदारतालाई कमजोरी नठान्न पुटिनको चेतावनी

९ वैशाख, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरुको उदारतालाई कमजोरी नठान्न पश्चिमा देशहरुलाई चेतावनी दिएका छन् ।

अमेरिकाले हालै रुसी संस्था र कूटनीतिज्ञहरुलाई प्रतिबन्ध लगाएपछि पुटिनको चेतावनीयुक्त पछिल्लो अभिव्यक्ति आएको हो ।

राष्ट्रका नाममा सम्बोधन गर्दै पुटिनले सबै देशसँग सुमधुर सम्बन्ध होस् भनेर आफूले चाहे पनि पश्चिमा देशहरुले लगातार रुसमाथि निशाना साधेको आरोप लगाए ।

Advertisement

पुटिनले भने, ‘हामी सम्बन्धलाई सामान्य बनाउने कोसिस अन्त्य गर्न चाहदैनौं । तर यदि कोही हाम्रो उदारतालाई कमजोरी ठान्छ भने हाम्रो प्रतिक्रिया त्यस्तै किसिमको कठोर हुने छ ।’

पुटिनले बेलारुसमा सत्ता उल्टाउने षडयन्त्र गरेको भनेर पश्चिमा देशमाथि नै आरोप लगाए । उनले भने, ‘अन्यायपूर्ण प्रतिबन्धहरुको प्रयोग अति नै खतरनाक दिशामा बढेको छ । जस्तो कि बेलारुसमा सत्ता उल्ट्याउने प्रयास ।’

Advertisement

हालै बेलारुस सरकारविरुद्ध प्रदर्शन भएको बेला पुटिनले भने बेलारुसका राष्ट्रपति एलेक्जेण्डर लुकाशेलाई साथ दिए । बेलारुसका अधिकारीहरुले अमेरिकाको उक्साहटमा राष्ट्रपति लुकाशेको हत्या गर्ने षडयन्त्र रचिए पनि त्यसलाई असफल पारेको अभिव्यक्ति दिएका थिए ।

यद्यपि निर्वासित विपक्षी नेता स्वेतलाना तिकानोवस्क्याले भने राष्ट्रपतिको हत्या गरी सत्ता उल्टाउने प्रयास गरिएको भन्ने आरोपलाई खारेज गर्दै आएका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top