भारतमा २४ घण्टामा ३ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण

९ बैशाख, काठमाडौ । भारतमा गएको २४ घण्टामा तीन लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा भारतमा तीन लाख १५ हजार सात सय २८ जना सङ्क्रमित भएका छन् । यो विश्वमै अहिलेसम्म सबैभन्दा धेरै हो ।

भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या एक करोड ५९ लाख नाघेको छ ।

Advertisement

यस्तै २४ घण्टामा त्यहाँ कोरोनाका कारण दुई हजार एक सय दुई जनाको ज्यान गएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ८४ हजार नाघेको छ ।

गएको २४ घण्टामा एक लाख ७९ हजारभन्दा धेरै डिस्चार्ज भएसँगै अहिलेसम्म एक करोड ३४ लाखभन्दा धेरै निको भएका छन् ।

Advertisement

भारतमा अहिले २२ लाख ८४ हजारभन्दा धेरै सक्रिय सङ्क्रितको उपचार भइरहेको छ ।

यसैबीच कोरोना भाइरसको सङ्क्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूरै लकडाउन घोषणा गरिएको छ ।

महाराष्ट्रमा गएको २४ घण्टामा ६७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने पाँच सय ६८ जनाको ज्यान गएको छ । त्यहाँ लकडाउन आउँदो मे १ तारिख अर्थात् १८ गतेसम्म रहने बीबीसीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top