प्रदेश एक सरकारले धार्मिक पर्यटक बढाउन बराहक्षेत्रमा योग शिविर गर्ने

५ असार ७५, बुधबार

विराटनगर, असार ६

विश्व योग दिवसको अवसरमा एक नम्बर प्रदेश सरकारले बराहक्षेत्रमा बृहत योग शिविर आयोजना गर्ने भएको छ ।

सामाजिक विकास मन्त्रालयको अगुवाईमा योग दिवशका अवसरमा शिविर आयोजना गर्न लागिएको हो ।

Advertisement

एक नम्बर प्रदेशका मोरङ, सुनसरी लगायत केही जिल्लाका स्थानीय तहका प्रमुखहरु समेतको उपस्थिती रहने गरी एक हजार पाँच सयबढी योग शिविरमा सहभागी हुने बताइएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले मन्त्रालय स्तरबाट धार्मिक पर्यटकीयस्थल बराहक्षेत्र चतरामा योग शिविरको आयोजना गर्न लागिएको जानकारी दिए। शिविरमा एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, मन्त्रीहरु जीवन घिमिरे, ईन्द्र आङबो, जगदीश कुसियैत, हिक्मत कार्की लगायतको सहभागिता रहनेछ ।

Advertisement

चतरामा हुने योगमा स्थानीय जनप्रतिनिधि, एक नम्बर प्रदेश सभाका सदस्य, प्रहरी अधिकारी, ब्यवसायी, पर्यटन क्षेत्रका ब्यक्तिहरु लगायतको उपस्थिती रहनेछ । हरेक बर्ष जुन २१ तारिखमा विगत २ वर्षदेखि विश्वभर योग दिवस मनाउँदै आईएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top