चट्याङमा परी एक महिलाको मृत्यु

चट्याङमा परी एक महिलाको मृत्यु

९ वैशाख, मोरङ । मोरङ कानेपोखरी २ दलेली की ४३ बर्षीय सुकवती राजवंशीको चट्याङमा परी मृत्यु भएको छ ।

आज बिहान साढे ८ बजे उनी पानी परेकोले घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी गम्भिर घाईते भएकी थिइन् ।

घाईते राजवंशीको उपचारको लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.