‘स्वास्थ्यका मापदण्ड पालना गर्नु आफ्नै लागि हो’

१२ बैशाख ७८, सोमबार

१३ बैशाख, काठमाडौं । कोरोनाको जोखिम हुन नदिन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन प्रहरीले जिल्लामा जनचेतनाका कार्यक्रम शुरुआत गरेको छ । सदरमुकाम चैनपुरका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्न आग्रह गरिइएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिइएको टोलीले चोकचोक र सडकमा माइकिङ गरेर सचेतना फैलाएको छ । जिल्लामा कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दै गएकाले समयमै जिल्लाबासीलाई सचेत बनाएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए।

उनले भने, “कोरोना कसैलाई सोधेर लाग्दैन । रोग लाग्नुभन्दा लाग्न नदिने उपाय अवलम्बन गर्नु राम्रो हुनेछ । स्वास्थ्यका मापदण्ड पालना गर्नुअरुका लागि हैन आफ्नै लागि हो । ”

Advertisement

घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न, स्यानिटाइजर र साबुनपानीले राम्ररी हात धुन, २५ जनाभन्दा बढी भेला नहुन र सामाजिक तथा व्यक्तिगत दूरी कायम गरेर अघि बढ्न, सवारी साधनमा यात्रा गर्ने चालक तथा यात्रुलाई अनिवार्य मास्क लगाउन, कोरोनाको लक्षण देखिने वित्तिकै नजिकैको स्वास्थ्य संस्था, आइसोलेन बेड तथा क्वारेन्टिनमा बस्नसमेत आग्रह गरिएको छ ।

पछिल्लो समय जिल्ला अस्पतालको प्रयोशालामा तीन दिनमा ११५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २८ जनामा पोजेटिभ देखिएको छ । यसैगरी एक जनाको मृत्यु भइसकेको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल पर्सन नारायण जोशीले जानकारी दिए ।रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top