विमानस्थलमा यात्रुको साथबाट सुन बरामद

विमानस्थलमा यात्रुको साथबाट सुन बरामद

१३ बैशाख , काठमाडौं । दुबईबाट काठमाडौं आएको एक विमानका यात्रुले अवैद्य रुपमा ल्याइएको सुन बरामद भएको छ ।

आएए २३० फ्लाइटबाट आएका यात्रु सन्दीप तामाङको साथबाट आठसय ६१ ग्रामभन्दा केही धेरै सुन बरामद भएको हो ।

ती यात्रुले स्पीकर र पंखाभित्र राखेर सो सुन ल्याएको बताइएको छ । अभियुक्तलाई भन्सार विभागले प्रहरीको जिम्मा लगाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.