वाणिज्य बैंकको निक्षेप संकलनमा संकुचन

वाणिज्य बैंकको निक्षेप संकलनमा संकुचन

१४ बैशाख, काठमाडौं । नेपाली नयाँ वर्षको शुरुआतसँगै बैंकको निक्षेप संकलन प्रभावित बनेको छ ।

सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूको वैशाख पहिलो र दोस्रो साता निरन्तर निक्षेप संकलनमा संकुचन आएको छ ।

वाणिज्य बैंकको भन्दा आकर्षक ब्याजदर विकास बैंक, वित्त कम्पनी तथा सहकारीहरूले दिएकाले ग्राहकहरू स्थानान्तरण भएको हुनसक्ने बैंकरहरू बताउँछन् ।

नेपाल बैंकर्स संघले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखको पहिलो साता निक्षेप संकलन १७ अर्ब रुपैयाँले कमी भएर कुल निक्षेप ३९ खर्ब २७ अर्ब रुपैयाँमा सीमित भएको छ । वैशाख दोस्रो साता ५ अर्ब रुपैयाँले थप घट्यो ।

वैशाखका शुरुआती २ सातामा कर्जा प्रवाहमा समेत उतारचढाव आएको छ ।

निरन्तर वृद्धि भइरहेको कर्जा प्रवाह वैशाख पहिलो साता ८ अर्ब रुपैयाँले घटेर रू. ३५ खर्ब ६५ अर्बमा सीमित थियो । तर, दोस्रो सातामा भने सुधार देखियो ।

कर्जा प्रवाह १७ अर्ब रुपैयाँले बढ्दा कुल कर्जा ३५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले बताएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.